जनकपुरधाम, बैशाख १० गते
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा) ले बैशाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनका लागी आज उम्मेदवारहरुको टुंगो लगाएको छ । लोसपाको शिर्ष नेताहरुको बसेको बैठकबाट जनकपुरधाम उपमहानगरपालिकाका लागी नगर प्रमुखको टुंगो लगाएको हो ।
लोसपाको शिर्ष नेताहरुको दुई दिन देखी बसेको बैठकबाट जनकपुरधाम उपमहानगरपालिकाको नगर प्रमुखको टिकट मनोज कुमार चौधरी दिएका छन् । हाल जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति समेत रहेका चौधरीलाई मेयर पदको उम्मेद्वार बनाएको छ।
मेयरको टिकट पाएका चौधरी जनकपुर अञ्चल बस व्वयसायी संघका अध्यतक्षसमेत हुन्।
Discussion about this post