जनकपुरधाम, बैशाख १८ गते
अगामी बैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनका लागी उम्मेदवारहरु जथाभावी पोष्टर पम्पलेटहरु टाँसेका थिए । विभिन्न उम्मेदवारहरुको चुनावी पर्चा पम्पलेट जानकी मन्दिरको पर्खालमा टाँसिएको थियो ।
विश्व प्रसिद्ध जानकी मन्दिरको सौन्दर्यलाई नै कुरुप बनाउने गरी मन्दिरको पर्खालमा टाँसिएको चुनावी पर्चा पम्पलेट हटाएको छ । शनिवार सुचना डायरीमा डटकममा ‘मन्दिरको सौन्दर्यलाई नै कुरुप बनाइदैं’ शिर्षकको समाचार प्रकासित भएको थियो । समाचारको प्रभावले आज स्थानीय युवाहरुले जानकी मन्दिरको पर्खालमा टाँसिएको चुनावी पर्चा पम्पलेट हटाएको हो । आज स्थानीय युवा पंकज महतोको पहलमा मन्दिरको पर्खालमा टाँसिएको चुनावी पर्चा पम्पलेट सफा गरी हटाएका छन् । महतोले हिन्दुधर्माबलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरको पर्खालमा यसरी जथाभावी चुनावी पर्चा पम्पलेट टाँसेर मन्दिरको सौन्दर्यलाई नै कुरुप बनाउन खोजिएपछि हामीले हटाएका हौं । स्थानीय युवा महतोको अगुवाईमा मन्दिरको पर्खालमा जथाभावी टाँसिएको पोस्टर पम्पलेट युवाहरुले सफा गरी हटाएका हुन्।
Discussion about this post