जनकपुरधाम
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ मा नेपाली काँग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
नेपाली काँग्रेसको वडाध्यक्षका उम्मेदवार निरज साह (मुन्ना) प्यानलसहित निर्वाचित भएका हुन् ।
साह ७६४ मतको फराकिलो अन्तरले निर्वाचित भएका छन् । साहले १०५९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नाजिर हुसैन २९५ मतमा सिमित भए । त्यस्तै, लोसपाका रामबाबु साहले २३५ मत ल्याएका छन् ।
यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भइसकेका छन् भने वडा नम्बर–२ को वडाध्यक्षमा पनि नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भइसकेका छन् ।
त्यस्तै, वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित भएका हुन् भने वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।त्यस्तै, वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर निर्वाचित भइसकेका छन् भने वडा नम्बर–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मत प्राप्त गरि विजयी भइसकेका छन् ।
वडा नम्बर–२५ मा पनि नेपाली काँग्रेसका उम्मेदवार चन्देश्वर साह प्यानलसहित निर्वाचित भइसकेका छन् । साह ७०६ मत ल्याएर विजयी भए ।
त्यस्तै, वडा नम्बर–२४ मा नेकपा एमालेका उम्मेदवार उपेन्द्र सहनी १ हजार १४४ मत ल्याएर निर्वाचित भइसकेका छन् ।
Discussion about this post