जनकपुरधाम, जेठ २२ ः
आज विहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । आज विहान मधेश प्रदेशको राजधानी जनकपुरधामबाट भैरहवा जादैं गरेको बस रोहिनी पुलमा दुर्घटना हुदा ९ जनाको मृत्यु भएका हो । स्थानियका अनुसार लु २ ख ३८४१ नं को रात्रीबस बिहान अन्दाजी ४ः३० बजे सडकबाट करिव ४०–५० मिटर तल खसी दुर्घटनामा परेको हो ।
बसमा कुल ३२ जना सवार रहेकोमा तत्कालै चारजनाको मुत्युभएको थियो भने अस्पताल पुरयाएपछि थप २ र ३ गरि अहिले सम्म क९ जनाको ज्यान गइसकेको छ । दुर्घटनामा २४ जना घाईते भएको र घाईतेहरूको उपचार भैरहवा अस्पतालमा भइरहेको समेत नेता गुप्ताले बताए ।
Discussion about this post