जनकपुरधाम असार १६ गते ।
स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेको अवस्थामा माण्डवी नामक गैर सरकारी संस्थाले महिला जनप्रतिनिधिहरुलाई लक्षित गरी दोस्रो चरणको तालिम दिएको छ । असार १३ गते देखि जनकपुरधाममा सुरु भएको दोस्रो चरण प्रशिक्षण बिहिबार सफलतापुर्वक सम्पन्न भएको हो । नव निर्वाचित जनप्रतिनिधिहरु आए पछि सोमबार देखि जनकपुरधामका वडा नं. १ देखि १३ सम्मका केहि महिला जनप्रतिनिधिहरुलाई चार दिने प्रशिक्षण दिइएको थियो । सो प्रशिक्षणको समापन सत्रमा प्रमुख अतिथिको आसन्बाट बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले तालिम लिएपछि सहभागी महिला जनप्रतिनिधिहरुमा बोल्ने क्षमताको विकास भएको बताए । सो तालिममा सहभागी भएका महिला जनप्रतिनिधिहरुले तालिम पछि आफुहरुमा आएको साकारात्मक परिवर्तनको बारेमा बताएका थिए । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा सुरु भएको चार दिने प्रशिक्षणमा प्रशिक्षक प्रमोद महत र संझना बर्माले सहभागी महिला जनप्रतिनिधिहरुलाई नगरपालिकामा महिला संग जोडिएका विषयहरु प्राथमिकताका साथ उठाउन लगायतका विषयमा प्रशिक्षण दिइएका हुन । समाज रुपान्तरणमा जनप्रतिनिधीको रुपमा कसरी काम गर्ने बारेमा प्रशिक्षण दिइएको माण्डवीका मुल्यांकन तथा अनुगमन अधिकृत रंजीत साहले जानकारी दिए । माण्डवीको शी लिड्स नेपाल महिला नेतृत्व कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधीहरुलाई आफुहरुले गरेको काम तथा अगामी योजनाका लागि प्रशिक्षक दिइएको संस्थाका सामाजिक परिचालक अमृता लामाले बताइन । शी लिड्स महिला प्रतिनिधिहरुको लागि प्रारम्भिक प्रशिक्षणको दोस्रो मोड्युलको पहिलो चरणमा १३ वटा वडाका महिला जनप्रतिनिधिले प्रशिक्षण पछि बाँकी रहेको वडाका अन्य महिला जनप्रतिनिधिलाइै पनि प्रशिक्षणमा सहभागी गराईने भएको छ ।
Discussion about this post