जनकपुरधाम,आशिन २३ गते
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागी आज पाँच दलीय गठबन्धनका उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषा क्षेत्र नम्बर–१ मा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट मातृ प्रसाद यादवले उम्मेदवारी दर्ता गराएको छ । २०७४ को निर्वाचनमा पनि प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मातृका विजयी भएका थिए । यादवले २६ हजार ४१४ मत ल्याएर निर्वाचित भएका थिए । मातृका यसअघि पनि माओवादी केन्द्रबाटै २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनी पटकपटक मन्त्रीसमेत बनिसकेका छन् ।
माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वमन्त्री यादव पाँच दलीय गठबन्धनको उम्मेदवार सहित आज उम्मेदवारी दर्ता गराएका हुन । पाँच दलीय गठबन्धनको तर्फबाट प्रदेश सांसदका लागी धनुषा क्षेत्र नम्बर –१ ( क) संजय महतो र (ख) बाट संजय सिंहले उम्मेदवारी दर्ता गराएका छन् । –ख) बाट उम्मेदवारी दिएका सिंह लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता हुन । मधेशीहरुको हक अधिकारको लागी पटक– पटक भएको मधेश आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका नेता सिंहलाई लोसपाले यसपालि प्रदेशसभा सदस्यको उम्मेदवार बनाएका छन् । यता नेता सिंहले भने निकै नै पार्टीको लागी सराहनीय काम गरेको आज महसुस भयो र मलाई थप जिम्मेवारीका लागी उम्मेदवार बनाएकोमा पार्टीलाई धन्यवाद ज्ञापन समेत गरेको छ । (क) बाट गठबन्धनका अर्का उम्मेवार बनेका महतो नेपाली कांग्रेसका युवा नेता हुन ।
Discussion about this post