जनकपुरधाम, कार्तिक ९ गते
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा धनुषा ३ बाट उम्मेदवार बनेका अनिल झाको क्रेज बढ्दै गएको छ । पाँच दलिय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका झा आफ्नो घरदैलो अभियान सञ्चालन गरेसँगै उनको क्रेज बढ्न थालेको छ । स्थानीय तहको मत परिणामको आधारमा मजबुत अवास्थामा रहेको झा धनुषा ३ बाट उम्मेदवारी दिएसँगै मतदातासँग भेटघाट तिव्र पारेका हुन् । ग्रामिण क्षेत्रदेखि सहरी क्षेत्रसम्मका मतदाता उनको पक्षमा देखिएका छन् । २०७४ को निर्वाचनमा रौतहट १ बाट निर्वाचित भएका झा यस पटक धनुषा ३ बाट उम्मेदवार बनेका हुन् । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसमेत यस पटक समानुपातिकमा रहेका कारण उनले समेत सत्तागठबन्धनको तर्फबाट अनिल झाका लागि मत मागिरहेका छन् ।
धनुषा ३ मा जनकपुरधाम उपमहानगरपालिकाका १७ वडाबाहेक नगराइन नगरपालिकाको सबै ९ वटा वडा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको सबै ६ वटा वडा, धनौजी गाउँपालिकाको सबै ५ वटा वडा र विदेह नगरपालिकाको एउटा वडा पर्छ।स्थानीय तहको मतपरिणाम हेर्दा यस क्षेत्रमा कांग्रेस मजबुत अवस्थामा छ । यस्तै क्रमशः जसपा, लोसपा र नेकपा एकीकृत समाजवादीले वडामा जित निकाल्न सकेको थियो।यसरी सत्ता गठबन्धनको स्थानीय तहको मत परिणाम हेर्दा धनुषा ३ मा मजबुत अवस्थामा रहेको छ ।
Discussion about this post