जनकपुरधाम
नेपाल भारतविच बेटीरोटिको नातामा चिसोपना पसेको भन्दै सीमावर्ती भारत मधुवनी जिल्लाका महिलाहरुले चिन्ता व्यक्त गरेका छिन ।
गाउँ विकास मंचको आयोजनामा “जानकी जन संम्वाद“ कार्यक्रम लिएर सितामढीका महिला प्रतिनिधी मंडलहरु शनिवार जनकपुरधाममा नेपाल भारत खुला सीमा सम्वाद समुहका प्रतिनिधीहरुसंग भेटघाट गरेका छन् ।भेटघाटका क्रममा प्रतिनिधिहरुले पहिलेको तुलनामा दुवै देशविच रहेको बैबाहिक सम्बन्धमा ह्रास भएकोमा चिन्ता बक्त गर्दै दुबै तिरको नागरिक बिच यस बिषयमा छलफल हुनु पर्नेमा जोड दिएका छन।जनकपुरधामको रौनियार धर्मशालाको सभाहलमा आयोजना गरिएको एक कार्यक्रममा नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष राजीव झाले मंचका प्रतिनिधीहरुलाई स्वागत गर्दै नेपाल भारतमा रहेको बेटीरोटी नातामा आएको खटास केहि राजनीतिक दलको दुराभावनाको कारणले भएको वताए ।
नागरिकता समस्याको कारण माता सिता र भगवान राम कालको सम्बन्धमा खटास उत्पन्न भएको छ।यसका लागि सम्वाद समुहले आफ्नो तवरबाट नेपालमा पहल गर्दै आएको वताउदै भारतमा पनि मंचले नेपाल–भारत विचको सम्वन्ध सुदृढ राख्न सरकारलाई दबाब दिनुपर्ने वताए ।
सो कार्यक्रममा गाउ विकास मंचकी प्रतिनिधीहरुले परापुर्वकाल देखि नेपालको छोरी भारतमा र भारतकी छोरी नेपालमा वैवाहिक नातामा वाधिदै आएकोले नागरिकतामा देखिएको समस्या समाप्त हुनुपर्ने बक्ताहरुले वताएका छन् । दुवै देशले आप्mना बुहारीलाई विवाह पश्चात तुरुन्तै नागरिकता दिनुपर्ने प्रावधान ल्याएर बेटिरोटीको नातालाई कायम राख्नुपर्ने वताए ।सिमामा कुनै पनि बाधा अबरोध मान्य नहुने केही परे सीमामा वस्ने नागरिकसंग छलफल गरि अगाडी बढनु पर्नेमा महिला प्रतिनिधीहरुले जोड दिएका हुन ।
कार्यक्रममा मंचकी प्रतिनिधीहरु रंजू कुमारी, सीमा वर्मा,अंशु कुमारी प्रिया कुमारी, गुडिया कुमारी, आभा रानी, मुस्कान कुमारी, मोनिका झा, नेहा झा, पल्लवी कुमारी ,अरुणा कुमारी, रुस्तम आजाद ,नागेंद्र प्रसाद सिंह,मनिष चौधरी लगायत भारतीय संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।