• About Us
  • Home
  • Privacy Policy
  • Sample Page
Sunday, May 18, 2025
Suchana Diary
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति
No Result
View All Result
ई-पेपर
Suchana Diary
No Result
View All Result

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

Author Avatar न्युज डेस्क 16th November 2022 , 3:32 PM
विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

जनकपुरधाम,कार्तिक ३० गते
हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको श्री सीताराम विवाह पञ्चमी महोत्सवका लागि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा तयारी तीव्र पारिदैंछ ।
त्रेता युगमा मर्यादा पुरुषोतम भगवान राम र जगत जननी माता जानकीबीच भएको बिवाहको स्मरणमा मनाइने विवाह पञ्चमी महोत्सवको एकातर्फ जानकी मन्दिरलाई सजाउने कार्य गरिदैछ भने अर्कोतर्फ निर्वाचनमा भाग लिने उम्मेदवारले मन्दिर परिसरलाई फोहर गर्दैछन ।
आउंदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भाग लिएका धनुषा क्षेत्र नम्बर ३ का विभिन्न पार्टीका उम्मेदवारहरुले मन्दिर परिसर र बाहिर पर्खालमा आफ्नो प्रचार प्रसार सामाग्री टांसेर मन्दिरलाई फोहोर बनाएका छन ।


विश्व प्रसिद्ध जानकी मन्दिरको सौन्दर्यतालाई नै कुरुप बनाउने गरी चुनावी पर्चा, पम्पलेट पोष्टरहरु धनुषा ३ बाट एमालेका उम्मेदवार जुली महतो र सत्तारुढ गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झाले मन्दिरको ऐतिहासिकता र पुरातात्विक महत्वमा असर पर्ने गरी निर्वाचन आचार संहिता विपरित मन्दिरको पर्खालमा टाँसेपनि निर्वाचन आयोग मौन बसेका छन ।


‘विश्व सम्पदामा सूचीकृतका लागि सिफारिस भएको जानकी मन्दिरमा महतो र झा मात्र होइन स्वतन्त्र उम्मेदवार मिलन साह, प्रदेश सभा (ख) दिपेन्द्र ठाकुर र स्वतन्त्र उम्मेदवार हरिशंंकर साह,अम्भू साह लगायतका उम्मेदवारहरु समेतले चुनावी पर्चा पम्पलेट टाँसेर मन्दिरलाई फोहोर बनाउने खेलमा लागेका छन ।
मन्दिरको गरिमाको ख्याल नै गरि निहित स्वार्थ पूर्तिका लागि जथाभाबी टाँसिने चुनावी पोस्टर, पम्पलेटहरुका कारण सम्पदाहरु कुरुप बन्दै आएकोमा सम्बन्धित निकायले चासो नलिनु भनेको तिनीहरुँग साँठगाँठ हुन सक्ने संकेत रहेको स्थानीयवासीको ठहर छ ।


केही दिअघि मन्दिर परिसरमा पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितको राखिएको ठूलो होर्डिङ्ग बोर्ड पनि युवा अभियन्ताहरुले चर्को विरोध जनाएका थिए । तिनीहरुको विरोधको कारण मुख्यमन्त्री राउतको त्यो होर्डिग बोर्ड हटाइएको थियो । तर मन्दिरलाई कुरुप नै बनाउने गरी चुनावी प्रचार प्रसार सामाग्री टाँसिदा युवा अभियन्ताहरु अघि नबढनु जनकपुरधामको लागि दुर्भाग्य रहेको छ ।


मिथिलाको उत्सवमध्ये विवाह पञ्चमीलाई महामहोत्सवका रूपमा प्रत्येक वर्ष झै यसवर्ष पनि भव्यताका साथ मनाउने तयारी थालिएको छ । महोत्सव अन्तर्गत मंसिर ७ गते पहिलो दिन नगर दर्शन, दोस्रो दिन ८ गते फूलवारी लीला, तेस्रो दिन ९ गते धनुषयज्ञ, चौथो दिन १० गते तिलकोत्सव, पाँचौ दिन मंसिर ११ गते मटकोर, छौटौं दिन मंसिर १२ गते स्वयंवर र सातौं तथा अन्तिम दिन मंसिर १३ गते रामकलेवा गरी यसवर्षको सीताराम विवाहपञ्चमी सम्पन्न हुनेछ ।
हिन्दूहरुको आस्थासित जोडिएको भगवान सीताराम विवाह महोत्सवका लागी सरसफाइ, शौचालय, खानेपानी,सुरक्षा, सवारी साधन व्यवस्थापनका लागि स्थानीय सुरक्षा निकायलाई वृहत्त छलफल भइरहेको छ ।

भर्खरै

निःशुल्क कम्बल वितरण

निःशुल्क कम्बल वितरण

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

झण्डै चार वर्ष पछि लालकिशोरले पत्रकार समक्ष मांगे माफी

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

सशस्त्र प्रहरीका सइमाथि खुकुरी प्रहार

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुनु दुई देशबीचको सम्बन्ध थप बलियो हुने ः सम्वाद समूह

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

विवाह पञ्चमीः मन्दिरलाई कुरुप बनाउँदै उम्मेदवार झा र महतो

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

सिटी न्युज नेटवर्क प्रा.लि
जनकपुरधाम, धनुषा  (प्रदेश-२)
सम्पर्क मो. नं.: +977-9854026211
इमेल: [email protected]

हाम्रो बारेमा

सुचना डायारी अनलाइन एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

हाम्रो बारेमा

प्रबन्ध निर्देशक: सुरेन्द्र सिंह
प्रधान सम्पादकः सुरेन्द्र सिंह
संवाददाताहरु: सुरेन्द्र सिंह

  • About Us
  • Home
  • Privacy Policy
  • Sample Page

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश
    • दुर्घटना
    • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • स्वास्थ्य/शिक्षा
    • अर्थ
    • धर्म /सांस्क्रिति