जनकपुरधाम, माघ १८ गते
नेपालको कालीगण्डकीबाट निकालिएको शालीग्रामबाट भारतको उत्तर प्रदेश आयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुन लागेकोले दुवै देशबीचको सम्बन्ध थप मजबुत हुल लागेको बताइएको छ । नेपालको कालीगण्डकीबाट निकालिएको शालिग्रामबाट अयोध्यामा भगवान रामको प्रतिमा निर्माण हुन लाग्नुले दुई देशबीचको सम्बन्ध थप बलियो हुने नेपाल–भारत खुल्ला सम्वाद समूहले एक प्रेस विज्ञप्ती जारी गरी बताइएको हो ।
नेपाल भारत खुला सीमा संवाद समूहले विज्ञप्ति जारी गरी भगवान विष्णुको अवतार मानिने शालिग्राम शिलाबाट भगवान श्री रामको बालस्वरूपको मूर्ति बनाउने तयारीले नेपाल र भारतबीचको सम्बन्ध पुनः नविकरण मात्र नभई पुर्नजार्गित समेत भएको बताएका छन् ।६ करोड वर्ष पुरानो शिला जनकपुरधाम हुँदै भारतको उत्तर प्रदेशको अयोध्या लैजाने क्रममा बाटो स्वतःस्फूर्त निस्केका श्रद्धालुको उपस्थितिले सम्बन्ध स्वतः मजबुत भएको र उचाइमा पुगेको समेत संवाद समूहका अध्यक्ष राजिव झा द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । भारतको उत्तर प्रदेश आयोध्यामा भगवान रामको प्रतिमा निर्माणका लागी लगिएको शालीग्राम संगै नेपाल भारत खुला सीमा संवाद समूहका मनोज चौधरी सहितका पदाधिकारीहरु आज आयोध्या पुगेका हुन ।