- ओम प्रकाश
जनकपुरधाम : प्रदेश २ का भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश दुईका ८०प्रतिशात बहुसंख्यक नागरिक कृषिमा निरभर हुनुको साथै यस प्रदेशका मुख्य स्रोतनै कृषि रहेका वताएका छन । देश विकासकालागि सहकार्यता सोचाइको साथमा सहकारीको विकल्प नभएको भन्दै मन्त्री साहले सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने वताए । बिदेह नगरपालिका ठाडीस्थित लोकहित बचत तथा ऋण सहकारी संस्थाको साधरण सभालाई प्रमुख अतिथिको आसनबाट आईतवार सम्बोधन गर्दै उनले सहकारीमार्फत नै आर्थिक संमृद्वि हासिल गर्न सकिनेमा प्रदेश सरकार विश्वस्त रहेकाले सरकारले सहकारीलाई उच्च प्राथमिकता दिएको बताए । अर्थतन्त्र दुर्तगतीमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालन बाट नै देश संमृद्वि बन्छ । सहकारीले प्रकृतिक स्रोत, साधन सदुपयोग गर्न सके मात्र देशले छिटो गति लिन सक्नेमा उनले विश्वास व्यक्त गरेका छन ।

किसानलाई प्रयाप्त मल खाद्य समयमा उपलब्धता नुन्नस्कनु दुर्भाग्यपूर्ण अवस्थ भएकोमा सक्दो कृषि उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउने बताए । ‘सहकारीले कृषिमा लगानी बढाएर व्यापारघाटा कम गर्न सक्छ’ उनले भने । कृषिको आधुनिकरण, व्यवसायिकरणका लागि राज्यले उचित सम्मान दिने वताए ‘आर्थिक उत्पादानमा सहकारीको भूमिका बढाउन तपाइहरु भिजन, योजना र प्रतिवद्वतासहित आउनुहोस्, प्रदेश सरकार सहजिकरण गर्न तयार छ’ उनले भने । सहकारीले उत्पादनका साथै उद्योग, व्यापार व्यावसायमा जोड दिनुपर्ने बताए । ‘सहकारीमार्फत देशको मुहार फेर्न सकिन्छ, त्यसका लागि सहकारीका कार्यदिशा स्पष्ट हुनुपर्छ’ उनले भने । सहकारीले सदस्यको जीवनस्तर उकास्ने कुरामा पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

लोकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमोद कुमार छिटटान यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा रास्टिय सहकारी बैंक लिमिटेड का संचालक ध्रुब नारायण यादव,जिल्ला मत्स्य सहकारी संघ लि . धनुषाका अध्यक्ष तथा जसपाका केन्द्रिय सदस्य संजय कुमार साह सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् ।