जनकपुरधाम–१४
अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित गरीव,विपन्न,दलित,असहायलाई पहिचान गरी उनीहरुलाई न्यानो कम्बल,ज्याकेट, निःशुल्क वितरण गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं.२का अध्यक्ष शिब कुमार साहले आफ्नो तलव भत्ताबाट गरीव, विपन्न,दलित र असहायलाई न्यानो कपडा वितरण गरेको हो । अध्यक्ष साहले आफ्नो डेढ वर्षको तलब भत्ताबाट ५५१ गरीव,विपन्न, असहाय तथा दलित परिवारलाई निःशुल्क न्यानो कपडा वितरण गरेको बताए ।

वडा नं.२ का विपन्न,गरीव, असहाय समुदायको पहिचान गरी उनीहरुलाई सहयोग गरेका हुन ।अध्यक्ष साहले पछिल्लो वर्षमा पनि न्यानो कपडा वितरण गरेको थियो ।
चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिका, ज्येष्ठ नागरिक र विपन्न समुदायका व्यक्तिहरु बढी प्रभावित छन् ।
