जनकपुरधाम, माघ १० गते
नेता गजेन्द्र नरायण सिंहको १९ औं पुण्य तिथिमा अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिवार गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले जनकपुरधामको समन्व समतिकोसभा हलमा अन्तरक्रिया कार्यक्रम सफलता पुर्वक सम्मपन्न गरेको हो । संजय सिंहको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट प्रदेश नं. २ का समाजिक विकास मन्त्री नवल पकशोर साहले गजेन्द्र नारायण सिंहलाई सम्रण गर्दै मधेशी जनताको अधिकार, पहिचान र स्वाभिमानका संघर्षरत जीवन बिताउने मध्ये नेता सिंह हुन ।
नेता सिंहको महत्पुणर् योगदानको चर्चा गर्दै उनले निरंकुश राणातन्त्रको खिलाफ राजनीतिक जीवनको प्रारम्भ गरेका जीवनपर्यन्त संघर्षशील रहे नेता सिंह । उनले नेपालका मधेशी, जनजाति, दलित भेदभाववि?द्ध समानताको संघर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विस्तारित गरे । सामाजिक न्यायका विषयवस्तुको रूपमा रहेका पहिचान, नागरिकता, आरक्षण, संघीयता, समानता, सहअःितत्व आदि मुद्दालाई एकेक गरेर र समग्रमा उठाएर उनले उपेक्षित नागरिक र राज्य दुवैलाई जागरुक गर्ने काम गरेको र उनको संघर्षको पृष्ठभूमिमा कतिपय माग उनको जीवन कालमै र कतिपय निधनपश्चात पूरा भयो ।
अन्तक्रिया कार्यक्रममा प्रदेश २ का प्रदेश सांसद, परमेश्वर साह,संविधान सभा सदस्य अरविन्द साह, दिनेश साह, विभा ठाकुर, हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडल, मनिष चौधरी, प्रमोद यादव लगायतले धारणा राखे ।
नेपाली राजनीतिको क्षितिजमा ज्वाज्वल्यमान एक यस्तै ताराको रूपमा गजेन्द्रनारायण सिंहलाई पनि स्मरण गर्न सकिन्छ । १९ वर्षअघि उनको निधन हुँदा देशको राष्ट्रिय राजनीतिमा अशान्ति, असुरक्षा एवं अस्थिरताको वातावरण थियो तर उनी जस्ता नेताहरूकै निरन्तरको त्याग एवं समर्पणका कारण देश निरन्तर रूपमा अग्रगमनको बाटोमा लम्किरहेको छ ।
२०६३ सालको मधेस आन्दोलनका कारण देशको राजनीतिमा नयाँ-नयाँ अभियन्ताहरू आफूलाई मधेसी आन्दोलनका एकमात्र सच्चा नेतृत्वकर्ताको रूपमा परिभाषित गर्न थाले । जब कि २००९/०१० सालतिर नै कुलानन्द झा एवं रामजनम तिवारी जस्ता नेताहरूले तराई काँग्रेसको स्थापना गरी मधेसको समस्यालाई उठाउने काम गरिसकेका थिए । सङ्घीयताको मुद्दालाई पनि तराई काँग्रेसले २०१० सालमा नै उठाएको थियो । २०१५ सालको आम निर्वाचनमा त्यस पार्टीको प्रमुख राजनीतिक मुद्दा नै सङ्घीयता थियो । २०४६ सालको परिवर्तन पछि गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना पार्टीको स्थापना गरे तथा नागरिकता आरक्षण (समानुपातिक समावेशिता), सङ्घीयता, नेपाली सेनामा समावेशीकरण, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सबै भाषा एवं संस्कृतिले राजकीय संरक्षण पाउनुपर्ने मुद्दा उठाएका थिए । गजेन्द्रनारायण सिंहले उठाएका मुद्दाहरूभन्दा फरक तथा थप विषयलाई कुनै पनि नयाँ-नयाँ मधेसवादीहरूले उठाएका छैनन् ।
तर जुन नेताको मुद्दालाई लिएर आफूलाई मधेशवादी नेता भन्न रुचाउनेहरु वर्षको एक दिन मात्रै स्मरण गर्ने गरेको विभिन्न बुद्धिजीविहरु बताउँछन् । उनीहरुका अनुसार उनका कयौँ मुद्दाहरुलाई समेत नेताहरु बिर्सिनुका साथै उनलाई समेत बिर्सी सकेका छन् ।
सप्तरीको एक उच्च मध्यमवर्गीय किसान परिवारमा जन्मेका गजेन्द्रनारायण सिंह, लोकतन्त्र, सामाजिक, न्याय तथा समानताको निम्ति आफ्नो सम्पूणर् जीवनलाई समर्पित गरेका थिए । उनको निधन भएको १९ वर्ष बितिसकेको छ । सैद्धान्तिक राजनीतिमा विश्वास राख्ने गजेन्द्रनारायण सिंहले राजनीतिलाई विशुद्ध रूपमा समाजसेवाको पवित्र माध्यम मान्दथे । तर अहिले मधेशमा राजनीति गर्ने नेताहरु उनले देखाएको बाटो बिर्सि सकेको राजनीतिज्ञहरु नै बताउँछन् ।
भ्रष्टाचार एवं अनियमितताको आरोपबाट मुक्त उनीजस्ता नेताको राजनीति यात्रा तथा उच्च विचार वर्तमान पुस्ताको निम्ति प्रेरणाको स्रोत हुन सक्दछ ।
विद्यालयस्तरको अध्ययनका बखत नै दक्षिणी छिमेकी राष्ट्र भारतमा जारी स्वाधीनता प्राप्तिको आन्दोनल तथा स्वयं आप्mनो देशमा पनि जारी राणाविरोधी आन्दोलनको गहिरो प्रभाव उनको मन-मस्तिष्कमा परेका कारण उनले आफूलाई पनि आन्दोलनमा होमी दिए । राणाविरोधी आन्दोलनमा सहभागी हुन उनलाई बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवणर् शमशेर आदि नेताहरूले प्रेरकको काम गरेका थिए । नेपाली राजनेताहरूमा सुवणर् शमशेरबाट उनी सर्वाधिक प्रभावित थिए । राजविराजस्थित गणेन्द्रबाबुको निवास सप्तरी सेवा आश्रममा प्रत्येक वर्ष सुवणर् जयन्तीलाई धूमधामका साथ पर्वको रूपमा मनाउने गरिन्थ्यो । हतियार उठाउनुदेखि जेलनेलको कठोर यात्रा एवं निर्वासनसमेत उनले भोग्नुपर्यो । उनी जेलमै हुँदा उनको आमाको निधन भएको थियो तथा जेलमै हुँदा एक मात्र पुत्रको पनि निधन भएको थियो । उनी सन्तानविहीन भएर बाँचे ।
वि.सं. २०४० सालमा जनसङ्ख्याविद् डा. हर्कबहादुर गुरुङको बसाइँसराइसम्बन्धी जनसङ्ख्या प्रतिवेदन चर्चामा आएपछि त्यसको विरोध गर्न उनले आफ्नो मातृपार्टी नेपाली काँग्रेसलाई परित्याग गरे तथा नेपाल सद्भावना परिषद् नामक सामाजिक सङ्ठन खोलेर पर्सा, वीरगञ्जका पुराना मधेसी नेता रामजनम तिवारीलाई त्यसको संयोजक बनाएर गोप्यरूपमा मधेसका बुद्धिजीवीहरूसँग सम्पर्क एवं सहकार्य गर्न थाले । आखिरकार त्यो प्रतिवेदन कार्यान्वयनमा आउन सकेन ।
२०४३ सालमा उनले तत्कालीन संसद् (राष्ट्रिय पञ्चायत) को सदस्यको रूपबाट सप्तरीबाट ठूलो मतसहित विजयी भए । राष्ट्रिय पञ्चायत सदस्यको रूपमा राजसंस्थाको प्रशंसा गरे पनि आफ्नो प्रत्येक भाषणमा मधेसीको समस्यालाई राष्ट्रिय पञ्चायतमा पनि उठाउने गरेका थिए । गजेन्द्र नारायण सिंहले वि.सं. २०४६ सालको परिवर्तनपछि आफ्नो सामाजिक सङ्गठन नेपाली सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा परिणत गरे र त्यसको अध्यक्ष भए । लगातार तीन पटक उनी पार्टीको अध्यक्षको रूपमा निर्विरोध निर्वाचित भएका थिए । उनी बाँचुञ्जेलसम्म नेकपा माओवादीको सशस्त्र सङ्घर्षलाई राजनीतिक समस्याको रूपमा परिभाषित गरेका थिए, जतिबेला सरकारले माओवादीका नेताहरूलाई आतङ्ककारी घोषित गरी तिनका टाउकोको मूलय तोक्ने काम गरेको थियो । त्यतिबेला पनि उनले माओवादी आन्दोलनलाई भोक, गरिबी, बेरोजगारी, अशिक्षा एवं पछौटेपनका कारण उत्पन्न राजनीतिक समस्याको रूपमा विश्लेषण गरेका थिए । माओवादी समस्याको समाधान शान्तिपूणर् वार्ताको माध्यमबाट मात्रै हुन सक्दछ भन्ने उनको अडान थियो । अन्ततः भयो पनि त्यही ।
दक्षिणी छिमेकी राष्ट्र भारतसँग विशेष सम्बन्धको वकालत गर्नेगरेका गजेन्द्रनारायण सिंहले नेपाल एवं भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अवसरको रूपमा विकसित गर्नुपर्ने वकालत गर्दथे ।
२०४७ साल वैशाखको पहिलो सातामा नेपाल सद्भावना पार्टी स्थापना गरेका उनले आफ्नो पार्टीको प्रमुख एजेन्डाको रूपमा नागरिकता, आरक्षण (समानुपातिक समावेशिता), जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन तथा सङ्घीयतालाई अघि सारेका थिए । उनी बाँचुञ्जेलसम्म उपरोक्त राजनीतिक मुद्दाहरूले देशमा व्यापक चर्चा पाए पनि समाधान हुन सकेको थिएन । नेपालजस्तो बहुजातीय, बहुभाषी एवं विभिन्न संस्कृति भएको मुलुकमा सबै जातजाति एवं भाषाभाषीले आफ्नो भाषा एवं संस्कृतिको विकासको निम्ति राजकीय संरक्षण पाउनुपर्ने उनको मान्यता थियो । भाषा एवं संस्कृतिको मान्यताको क्षेत्रमा धेरै हदसम्म काम पनि भएको छ भने भाषा आयोगको प्रतिवेदनपछि भाषा समस्या पनि समधान हुने ठम्याइ विश्लेषणकहरूको रहेको छ । उनले साढे दुई दशकअघि सुरु गरेको समतावादी आन्दोलन अब लक्ष्यसम्म पुग्ने अवस्थामा आइसकेको छ ।
गजेन्द्रनारायण सिंहले एघार वर्षसम्म नेपाल सद्भावना पार्टीको नेतृत्व गरे । उनी बाँचिरहेको अवस्थामा पनि पार्टीकै वरिष्ठ नेताहरू रामजनम तिवारीको नेतृत्वमा वि.संं. २०५० सालतिर नेसपा (आर) को तथा २०५५ सालमा रामेश्वर राय यादव, राजेन्द्र महतो एवं हृदयेश त्रिपाठीहरू मिलेर समाजवादी जनता दलको गठन गरेका थिए तर आपmनो जीवनकालमै उनले ती सबै पार्टीलाई पुनः नेपाल सद्भावना पार्टीमै विलय गराए । उनको निधनपश्चात सद्भावना पार्टीकै केही नेताले उनको श्रीमती आनन्दी देवी सिंहलाई राजनीतिमा तान्ने काम गरे । तर तिनै सद्भावना पार्टीका नेताहरूले पहिले नेपाल सद्भावना पार्टी आनन्दी देवी तथा अन्त्यमा नेपाल सदभावना पार्टीलाई फुटाउने काम समेत गरे ।
गजेन्द्रनारायण सिंहको निधन हुँदा उनको बैङ्क खातामा साह्रै न्यून रकम थियो । उनले चढ्ने गरेका गाडी पनि अरूकै नाममा दर्ता रहेको कारण त्यो पनि उनको पारिवारिक हुन सकेन । उनको श्राद्ध-भोजको खर्च पनि उनका आफन्तहरूले नै बेहोरेका थिए । वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनको खर्च धान्न नसकी उनले आफू चढ्ने गरेको गाडी पनि बेच्नुपरेको थियो । दुई वर्षपछि मात्रै उनले नयाँ गाडी खरिद गर्न सके ।
ताउम्र सादा जीवन निर्वाह गरेका गजेन्द्र नारायण सिंहकै आफूलाई अनुयायी भन्ने नेताहरुको विलासिता देखेर जनता एकदमै निराश छन् ।
Discussion about this post