जनकपुरधाम,माघ ११ गते
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक बैंक संचालन्मा आएको छ । आइतवार जनकपुरधाममाको रामचौक स्थित सेन्ट्रल फाईनान्स लिमिटेडको १४ औं शाखा संचानलमा आएको हो । फाईनान्सको १४ औं शाखा सञ्चालनमा आएसंगै प्रदेश नम्बर २ का जनतालाई गुणस्तरीय बैकिङ्ग सेवामा पहुँच पुग्ने लिमिटेडका कार्यकारणी प्रमुख अधिकृत रजोज मान श्रेष्ठले विश्वास व्यक्त गरेका छन ।
उनले कम्पनीले प्रदेश २ लाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको समेत जानकारी दिए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साहको प्रमुख आतिथ्यमा आयोजित उदघाटन कार्यक्रममा अध्यक्ष साहले जनकपुरधाममा बैंक तथा वित्तिय संस्थाहरुको संख्या दैनिकरुपमा थपिंदै गएकोप्रति खुशी व्यक्त गरे । उनले यसबाट व्यवसायीका साथै सर्वसाधारण जनता समेत लाभान्वित हुने बताए । बैंक तथा वित्तिय संस्थाहरुले जनकपुरधामको आर्थिक विकासमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए ।
ललितपुरको कुपण्डोलमा केन्द्रिय कार्यालय रहेको कम्पनीको हाल काठमाण्डौको चावहिल, नारायणगढको शहीदचोक, बुटवलको मिलनचोक, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान र डकाहा, काठमाण्डौको गोंगबु गणेशस्थान, सर्लाहीको लालबन्दीललगायत देशभरमा १४ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । त्यस्तै भक्तपुरको सल्लाघारीमा एउटा एक्सटेन्सन काउन्टर समेत सञ्चालनमा रहेको छ ।
कम्पनीले छिट्टै सुनसरीको इटहरी, झापाको विर्तामोड र पर्साको वीरगञ्जमा समेत शाखा विस्तारको तयारी गरिरहेको सेन्ट्रल फाईनान्स लिमिटेड जनकपुरधामका शाखा प्रमुख दिलिप कुमार यादवले जानकारी दिए । यस शाखा मार्फत निक्षेप संङ्गकल,कर्जा लगानी, एटीएम,मोबाइल बैङ्किङ्ग,कनेक्ट आइ.पी.एस, चेक क्लिरिङ्ग, डेविट कार्ड,रेमिटान्स लगायतका सेवा दिइने गरेको उनले बताए । संस्थागत समाजिक उत्तरदायित्व साथै समाजिक कार्यहरु निरन्तर रुपमा समेत गरि राख्ने शाखा प्रबन्धक यादवले भने ।