समाचारदाता
जनकपुरधाम,माघ ११ गते
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाएका जनकपुरधामका मिथिला नाट्यकला परिषद्लाई १० लाख आर्थिक सहयोग गरेको छ । मैथिली भाषा, साहित्य, संस्कृति कला र नाट्य क्षेत्रको संरक्षण सम्बद्र्धनका लागी २०३६ साल देखी नै कार्य गर्दै आइरहेको मिनापलाई प्रदेश नं . २ का प्रदेश सांसद परमेश्वर साहले भवन निर्माणका लागी १० लाख दिने घोषना गरेको हो । आइतवार मिनापको भवन निरिक्षण गर्न पुगेका प्रदेश सांसद नाटक घर निर्माणका लागी आफ्नो संसदीय विकास कोषबाट १० दिने घोषना गरेको मिनापका अध्यक्ष परमेश झाले बताए । प्रदेश सांसद साहले मैथिली भाषा, साहित्य संस्कृतिकला र नाट्य क्षेत्रमा अनवरत रुपमा लागेका संस्थालाई सहयोग गर्न पाएकोमा गौरवान्वित महसुस भएको बताए । प्रदेश सांसद साहले निरिक्षण पश्चात मिनापका कलाकारहरु संग छलफल समेत गरेका थिए । मिनापको भवन निर्माणका लागी १० लाख आर्थिक सहयोग गरेका प्रदेश सांसद साहलाई बधाई दिदैं आभार व्यक्त समेत गरेका छन ।
Discussion about this post