जनकपुरधाम, माघ १२ गते ।
पत्रपत्रिका व्यवसायी भरतप्रसाद अधिकारीमाथि सरकारी कार्यालय परिसरमै सांघातिक आक्रमण गरि सख्त घाइते बनाएका छन् ।
सौतेनी आमाकी छोरीहरुले ८५ वर्षिय बुवालाई ललाईफकाई जग्गा रजिष्ट्रेसन गर्न मालपोत कार्यालय महोत्तरी बर्दिवासमा बोलाएर योजनावद्ध तरिकाले व्यवसायी अधिकारीलाई कुटपीटबाट सख्त घाइते भएका हुन् ।
माघ ८ गतेको दिन सौतेनी आमापट्टीका छोरीहरु शान्ता गौतम, सावित्री गौतम र शोभा गिरीले योजनावद्धढंगले बुवा विष्णुप्रसाद अधिकारीलाई महोत्तरीको बर्दिवासमा रहेको १ कठ्ठा सहितको जग्गामा रहेको घर समेत आफ्नो नाममा गर्न मालपोत कार्यालय बर्दिवासमा गुपचुप लगेको समयमा कर्मचारीले छोरा बारे सोधखोज गरी कार्यालयमा आउन भनेको थियो । सोही समयमा भरतप्रसाद अधिकारीलाई उनकी बहिनीहरुले यूवाहरुको एक समुहलाई बोलाएर कार्यालयको मुलढोका निर निर्घातरुपमा कुटपीट गरेको थियो ।
यता मालपोत कार्यालय बर्दिवासले भने केहि दिनका लागि सो जग्गा नामसारी रोका गरेको छ भने घाइते भरत प्रसाद अधिकारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भएपछि अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
भरत प्रसाद अधिकारी दुई दाजुभाई छन् भने सौतेनी आमा पक्षका तिनै जना छोरीहरुको विवाह भई सकेको छ ।
उनी जनकपुरमा जनज्योती पत्रपत्रिका केन्द्रका संचालक समेत हुन् ।सभार डेली एक्सप्रेस