डेली समाचारदाता
जनकपुरधाम, माघ १४ गते
प्रदेश नं २को अस्थायी राजधानी जनकपुरधाममा अहिले पनि जग्गा अतिक्रमण रोकिएको छैन । खाँंस गरी जनकपुरधाममा गुठि, मठ–मन्दिर, विद्यालय लगायतको जग्गा अतिक्रमण भइरहँदा पनि सम्बन्धित निकाय मौन बसेका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित योग शिविरको नाममा विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको छ । राजजानकी आधारभुत विद्यालयको जग्गामा रामजानकी पतञ्जली योग शिविर सञ्चालन गरी जग्गा अतिक्रमण गर्न लागेको स्थालीयले आरोप लगाएका छन । बुधवार स्थानीयहरुले पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा बताएका छन । रामजानकी आधारभूत विद्यालयको ३ विघा ६ कठ्ठा र १२ धुर जग्गा अतिक्रमण हुनुमा वडा नं ७ का अध्यक्ष रामजानकी साहको हात रहेको स्थानीयले बताए । एक स्थानीयले भने योग शिविर गर्न निर्माणका लागी विद्यालय संग कुनै सम्झौता नै नगरी निर्माण गरेको हो । निर्माणका लागी मोखिक समझौता मात्र भएको र निर्माण पश्चात विद्यालयलाई महिनाको ५ सय रुपैया दिने र घाट निर्माण र सौन्दर्यकरण गरिदिने जस्ता समझौता भएको थियो । तर योग विशिरले हालसम्म विद्यालयलाई न महिना दिने गरको न सौन्दर्यकरण गरेको हो । वडा अध्यक्ष रामजानकी साह लगायत केही व्यक्ति जग्गा अतिक्रमण गर्न लागेको स्थानीयहरुको आरोप छन । विद्यालयको जग्गामा विद्यालयको आफनै छात्रवास,कक्षा कोठा, वाबालिकाकाको लागी खेलकुद पार्क लगायतका व्यवस्थापन हुनपर्नेमा अध्यक्ष साहले व्यक्तिगत लाभका कारण शौचालय लगायतको निर्माणमा रकम खर्चिदैं गरेको स्थानीयहरुको भनाइ छ।राम जानकी आधारभूत विद्यालयको जग्गाको सिफारिसमा अनाकानी गरिरहेकोले स्थानीय केहि व्यक्तिहरुले सात दिने अल्टिमेटम दिएको छ । विद्यालयको मातहत रहेको केही जग्गा अतिक्रमणमा परेको र केही जग्गामा जानकी पतन्जली योग शिविर सञ्चालनमा ल्याएको छ । ती जग्गाहरु विद्यालयको मातहतमा ल्याउन स्थानीयहरुले बुधवार पत्रकार सम्मेलन गरी माँग गरेका छन । योग शिविर सञ्चालनमा ल्याउँदा विद्यालयसँग केही सम्झौता भएको थियो। तर निर्माण पश्चात् वडा अध्यक्षकै संलग्नतामा विद्यालयभन्दा बाहिर योगशिविरलाई ल्याउन खोजेको स्थानीय लक्ष्मण पाण्डेले पत्रकार सम्मेलनमा भने । पत्रकार सम्मेलनमा केही स्थानीयहरुले सातदिनभित्रमा माँग पुरा नभएमा चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन् ।