सुचना डायरी– समाचारदाता
जनकपुरधाम, माघ १५ गते
जनकपुरधाम उद्योग वाणिज्य र्संघको निर्वाचन अब चाडै नै हुने भएको छ । तर वाणिज्य संघको निर्वाचन समयमा हुन्छ कि हुदैन अहिले पनि व्यापारीहरु निर्वाचनको मितिको पर्खायमा छन । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन समयमै गराउँन निर्वाचन समिति समेत गठन भइसकेको छ । तर हालसम्म निर्वाचन समितिले निर्वाचनको मिति तोकिएको छैन । निर्वाचनको मिति हालसम्म नतोकिए पनि उम्मेदवारहरु आ–आफ्नो उम्मेदवारी घोषना गर्न थालेका छन । विभिन्न पदमा उम्मेदवारहरुले अहिले खेदी नै उम्मेदवारी मौखिक रुपमा घोषना गरिरहेका छन। उम्मेदवारहरु मौखिक रुपमा मात्र होइन समाजिक सञ्जालको माध्ययमबाट समेत आ– आफ्नो उम्मेदवारी घोषना गदै आइरहेका छन । वाणिज्य संघको निर्वाचन फागुन वा चैत महिनाको अन्तिमसम्म हुन्छ भने व्यापारीहरुले आश राखेका छन । व्यापारीहरुले निर्वाचन अब यी दुई महिना भित्र नै हुने सम्भावना रहेकोले तयारी सुरु गरेको हो । वाणिज्य संघको निर्वाचन समयमा नै हुन्थ्यो तर कोराना भाइरस ( कोभिड–१९) को जोखिम रहेका कारणले समयमा हुन सकेन । जउवा संघको नयाँ नेतृत्वका लागी उम्मेदवारहरु जोडतोडका साथ कसरतमा लागेका छन । अहिले जनकपुरधामका व्यापारीहरु दिनभर आ–आफ्नै काममा व्यस्त देखिएपनि साँझ परे लगत्तै व्यापारीहरुको हुल यही विषयमा छलफल गरिरहेको सहजै देख्न सकिन्छ ।चुनावको माहौल तातिएपनि अहिले सम्म एकाध बाहेक उम्मेदवारहरु खुलेर आउन सकेका छैनन् । बरु व्यापरीहरु गोप्य रुपमै आफ्नो रणनीति तय गर्नमा अहिले तल्लिन देखिन्छन् ।व्यापारीहरु एक महिना पुर्व देखी नै आफ्ना आफन्त र नातेदारहरुको घर, प्रतिष्ठानमा पुगि आफ्नो पक्षमा पहल गरिदिन आग्रह गर्दै आइरहेका छन । उनीहरु यति मात्र होइन मोबाइलमा म्यासेज अथवा फोन गरी समेत सबैलाई आग्रह गर्दै आइरहेको पाइएको छ ।
अध्यक्ष पदका लागी वर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साहले उम्मेदवारी दिने भएको छ । वरिष्ठ उपाध्यक्ष साहले जनकपुरधाम उद्योग वाणिज्य संघको भएको वार्षिकोत्सवका दिन नै आफ्नो उम्मेदवारी अध्यक्ष पदमा घोषना गरेका थिए । उनी संघको कोषाध्ययक्ष, महासचिव हुँदै बरिष्ठ उपाध्यक्षसम्मको पद सम्हालेका छन् । भने यस पटक नेतृत्व लिनका लागि आफू तयार रहेको बताउँदै आई रहेका छन् । अध्यक्ष पदका पुन ललित साह, पुर्व कोषाध्यक्ष विकास चोधरी,वर्तमान महासचिब जितेन्द्र महासेठ मैदानमा उत्रने छन । व्यापारीहरुको छाता संगठन जनकपुरधाम वाणिज्य संघको अब आउने निर्वाचनमा अहिलेको आवश्यक्ता अनुसार नेतृत्वको जिम्मेवारी वर्तमान वरिष्ठ उपाध्यक्ष साह लाई अध्यक्ष पदमा ल्याउनु उत्तम हुने व्यापारीहरु बताई रहेका छन् ।यता वरिष्ठ उपाध्यक्षमा मनिष रमण साह र सुरेन्द्र भण्डारीको नाम चर्चामा रहेको हो ।महासचिब पदमा मनोज साह र सचिब पदमा फुलदेव पंडितको नाम चर्चामा रहेका छन ।