जनकपुरधाम, बैशाख ४ गते
आज देखी महोत्तरीको पिपरा गाउँपालिकामा गाउँपालिका अध्यक्ष कप सुरु भएको छ । गाउँपालिका स्तरीय गाउँपालिका अध्यक्ष टी–२० क्रिकेट टुर्नामेन्ट आज देखी सुरु भएको हो । टी–२० क्रिकेट टुर्नामेन्ट गाउँपालिका अध्यक्ष विक्रम चौधरी टुर्नामेन्टको समुद्घाटन गरेका छन् ।
टुर्नामेन्टमा सहभागि खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष विक्रम चौधरी, गाउँपालिका उपाध्यक्ष ननु कुमारी, वडा नम्बर ४ का अध्यक्ष अरुण ठाकुर लगायतका जनप्रतिनिधिहरुले खेल सामग्री हस्तान्तरण गरेका हुन । टी–२० टुर्नामेन्ट समुद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष विक्रम चौधरीले खेलाडीहरु देशको नाम राख्ने र देशलाई चिनाउने खेलाडी राष्ट्रका गहना हुन बताएका छन् । उनले मुलुकको पहिचान अन्तराष्ट्रियस्तरमा पु¥याउन खेलाडीहरुको महत्वपूर्ण योगदान रहेको बताए । खेलाडीहरुका लागी क्षमता अभिवृद्धिका लागी आवश्यक कार्य गर्ने अध्यक्ष चोधरीले भने । आयोजित गाउँपालिका स्तरीय टी–२० क्रिकेट टुर्नामेन्टमा विभिन्न वडाका आठ वटा टिम खेलमा सहभागि भएका छन् ।