ओपी साह
जनकपुरधाम,बैशाख १० गते
दोषीलाई कारवाहीको मांग गर्दै जनकपुर–भिठ्ठामोड सकड अवरुद्ध पारेको छ।विहिवार महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको बंटोलवा चौक स्थित बसको ठक्करबाट सिटिजन बैकका कर्मचारी महोत्तरी पिपरा गाउँपालिका वडा नं ५ हर्दिया बस्ने वर्ष २७का सुजित झाको मृत्यु भएको हो । जलेश्वरबाट जनकपुर आउदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएका झाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्तक झाको शव बिच बाटोमा राखी उनका आफन्त र स्थानीयहरुले घटनामा संलग्न दोषीलाई कारवाहीको मांग गर्दै जनकपुर–भिठ्ठामोड सडक अवरुद्ध पारेका हुन ।
स्थानीयहरुले पिपरा गाउँपालिकाको चांदनी चौकमा टायर बाली स्थानीय प्रशासन विरुद्ध नाराबाजी सहित प्रदर्शन गरेका छन् । आक्रोसित हुदैं आफन्त र स्थानीयले बस चालकलाई र ढेकेदारलाई कारवाही गर्न मांग सहित प्रदर्शन गरेका छन् ।जनकपुरधाम स्थित जानकी हेल्य केयरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।विहिवार झा ज ८ प ९०६५ नम्बरको मोटर साइकल चलाएर पिपरा तर्फ फर्किरहेको बेला जनकपुर तर्फ आउँदै गरेको ना८ख७२०३को बसले ठक्कर दिएको थियो ।सोहि बसले बि.आर.३२ वाई ५३३१ नम्बरको भारतीय प्लेट नम्बरको मोटर साइकललाई ठक्कर दिदै घिसार्दै गइरहेको बेला झाको मोटर साइकल र प्रदेश २ –०३–००६ प २३१को स्कुटीमा दिएको थियो । दुर्घटनामा झासहित चार जना घाइते भएका थिए ।
स्कुटी चालक जनकपुरधाम उपमहागरपालिका वडा नम्बर १ बस्ने वर्ष ३५ की गंगा कुमारी सिंह, भारतयि नम्बर प्लेट मोटर साइकल चालक भारत मधुवनी विहार कमलाबाढी महरैया बस्ने वर्ष ३०का गणेश सहनी र उनकै मोटर साइकलमा सवार वर्ष ३५ का रामनरायण सहनी घाइते भउका छन् ।मोटर साइकल चलक सहनीको अवस्था गम्भीर रहेकोले उपचारका लागी विराटनगर पठाइएको हो भने अन्यको उपचार जनकपुर स्थित जानकी हेल्थ केयरमा भइरहेको छ ।