जनकपुरधाम,बैशाख ११ गते
मिथिला क्षेत्रक चर्चित वरिष्ठ रंङ्गकर्मी सुनिल मिश्रलाई रंङ्गमञ्च पुरस्कारबाट सम्मानीत गरिने भएको छ । मिथिला नाट्यकला परिषद्(मिनाप) का पुर्व अध्यक्ष समेत रहेका मिश्रलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०७७ बाट सम्मानीत गरिने छन् । नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञाले प्रत्येक वर्ष दिदैं आएको पुरस्कार यस वर्ष वरिष्ठ रंङ्गकर्मी मिश्रलाई रंङ्गमञ्च २०७७ प्रदान गरेको हो ।
विगत ३० वर्ष देखी निरन्तर रुपमा मैथिली रंङ्गमञ्च क्षेत्रमा सक्रिय रुपमा अभिनय गर्दै आइरहेको योगदानलाई कदर गर्दै वरिष्ठ रंङ्गकर्मी मिश्रलाई प्रज्ञा प्रतिष्ठानले एक कार्यक्रम बिच पुरस्कार सहित सम्मान गर्ने छन् । वरिष्ठ कलाकारलाई प्रदान गरिने पुरस्कारको राशी १ लाख रहेको छ । त्यस्तै नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले संङ्गीत तर्फ मनिक रत्न,(नाटक) –तर्फ धनवहादुर मल्ल, (परम्परागत संङ्गीत)– वंशीधर मंडल उर्फ वंशी बाबा(नृत्य)–बेटी बज्राचार्य, (रंङ्गमञ्च)–सुनिल मिश्र र (लोक संगीत) ज्ञानु राणालाई प्रदान गरेका छन् ।
Discussion about this post