जनकपुरधाम, बैशाख १२ गते
आज दुई मोटर साइकल एक आपसमा ठोकिंदा दुई जनाको ज्यान गएका छन् ।
आइतवार दिउँसो तिब्रगतिमा रहेको मोटर साइकल एक आपसमा ठोकिँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
धनुषाको मिथिला नगरपालिका वाड नम्बर ८ कुसुमविसौनामा स्थित प्रदेश २–०२–००२ प ६०३६ नम्बरको मोटरसाइकल र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल ठोक्किएको हो।दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा स्थानीय २० वर्षका भोला महतो र वर्ष २६ का सुनिल शर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई जनकपुर लग्ने क्रममा एकजना युवकको बाटोमै र अर्का युवकको जानकी हेल्थकेयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलमा पछाडी सवार वर्ष २५ को सन्तोष महतो गम्भीर घाइते छन्। उनको उपचार मोडेल अस्पताल लालगढमा भइरहेको छ।दुवैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजान लागिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।