जनकपुर धाम २०७८ भदौ ७ सोमबार
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले १८ औं अन्तर्राष्ट्रिय गाई जात्रा पर्व हर्ष उल्लासका साथ जनकपुरका जानकी मंदिर प्रङ्गनमा एक कार्यक्रमको आयोजना गरि आज मनाएका छन l
‘टुगेदरःरजिष्ट्रीङ, सपोर्टिङ, हिलिङ्ग’ भन्ने नाराका साथ निल हिरा समाज धनुषाको आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विशेष पर्वको रुपमा मनाईने गाईजात्राको १८ औ सस्करण मनाएका छन ।१८ औं अन्तर्राष्ट्रिय गाई जात्रामा कार्यक्रम लाई संबोधन गर्दै प्रमुख अतिथि निलहिरा समाजका केन्द्रिय निर्देशक संजय शर्माले पहिचान र अस्तित्वको बैचारिक लडाइँको निम्ति सङघर्सरत यात्रा बर्षौ बितिसक्यो तर बिडम्ना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार प्राप्ति अपेक्षित मात्रामा हुनसकेको छैन! १८ बर्ष को लामो समय देखि ऐतिहासिक रूपमा मनाउदै आइरहेको गाइजत्रा पर्बको मुलमर्म बुझिदिन पोलिसी मेकर राजनीतिक कर्मी लाई शर्माले आग्रह गरेका छन ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको विशेषपर्व गाईजात्रा विगत लामो समयदेखि निलहिरा समाजको आयोजनामा काठमाण्डौमा मनाउदै आएता पनि गत बर्षदखि विश्वव्यपिरुपमा फैलिएको कोभिड–१९ को कारण स्थानिय क्षेत्र एवं प्रत्येक जिल्ला जिल्लामा सिमित संख्यामा उपस्थितिभइ गाईजात्रा मनाईदै आएका धनुषा संयोजक निशा साह बताउछिन ।
निलहिरा समाजका प्रदेश संंयोजक प्रदिप यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा इन्सेक प्रदेश संयोजक राजु पासमान , निलहिरा समाजका धनुषा अध्यक्ष रामवर्ण यादव ,अधिकार कर्मी जमुना भुजेल लगायतकाले आ आफनो मन्तव्य राखेका थिए ।

