जनकपुरधाम, भादौं १८ गते
आज एक वडा अध्यक्षले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले विभिन्न क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेको हो । कुलतमा लागेका युवाहरुलाई खेलको माध्यमबाट सुधार्न लागेको भन्दै खेल प्रति युवाहरु जागृत हुने उद्देश्यले खेलकुद सामग्री हस्तान्तरण गरेको वडा अध्यक्ष साहले बताए । उनले आफनै वडामा क्रिकेट टीम स्थापना होस भन्ने परिकल्पनाका साथ विभिन्न क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य तथा खेलकुद प्रति प्रदेश सरकार र स्थानीय सरकारबाट गम्भीर नभएकोले आफ्नो स्तरबाट सुरुवात गरेकोमा वडा अध्यक्ष साह खुशी व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ धनुषा शाखालाई समेत खेलकुद सामग्री हस्तान्तरण गरेको छ । आज नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई वडा अध्यक्ष साहले एक थान क्यारम बोर्ड हस्तान्तरण गरेको हो ।