जनकपुरधाम, भादौं २२ गते
जनलोकपाल आयोगको अध्यक्षमा राम सहाय राय यादवलाई नियुक्त गरेको छ ।
प्रदेश २ सरकारले अख्तियार दुरुपयोग अनुसन्धान जस्तै प्रदेशमा हुने भष्ट्रचार अनिमिततालाई नियन्त्रण र छानविन गर्न जनलोकपाल गठन गरेको हो । गठित आयोगको रौतहटका राम सहाय रायलाई अध्यक्ष पदमा नियुक्त गरेको छ । आयोगको सदस्यहरुमा धनुषा जनकपुरधामका पुर्व जिविसका वरिष्ठ इन्जिनियर राजकिशोर साह र महोतरी गोनरपुरकी शोभा कुमारी महतोलाई नियुक्त गरेको हो । तिनैजनालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नियुक्ती पत्र प्रदान गरेका छन् ।