जनकपुरधाम, भादौं २६ गते
कोभिड –१९ का कारण ज्यान गुमाएका नेकपा एमालेका नेता योगनारायण यादवको श्रीमती सविता यादवले श्रीमानको सपना पुरा गर्न अब सक्रिय राजनीतिमा आउने घोषना गरेकी छन् । स्वर्गीय नेता यादवको श्रीमती सबैलाको एक कार्यक्रममा संचारकर्मीहरु संग कुरा गर्दै भनिन् श्रीमानले जनता समक्ष गरेका बाचा पुरा गर्न हामी सक्रिय राजनीतिमा आउने घोषना गरिन । उनले आफ्नो श्रीमान विकास प्रेमी नेता रहेकोले राष्ट्रको विकास र समृद्ध राष्ट्रको निर्माणको सपना पुरा गर्न म आजैका दिन देखी सक्रिय राजनीतिमा लाग्ने बताइन । विकासका सपना पुरा गर्न महसुस भएकोले अब धनुषा क्षेत्र नम्बर १ नेकपा एमाले बाट प्रत्यक्षमा उम्मेदवारी दिने घोषना गरेको हो । मलाई यस क्षेत्रका पार्टीका नेता कार्यकर्ता र जनताले साथ दिनेछ भने विश्वस्त छु ।
जसरी श्रीमान जनताको सुख र दुःखमा साथमा रहने र विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेर अगाडी बढियो त्यसरी नै हामी अगाडी बढ्ने बाचा गरिन ।
स्व. यादव जातपात, नाता र कृपाबादको राजनिति भन्दा सवै वर्ग र समुदायलाई संगै लिएर अगाडि बढने प्रण गरेकाले त्यसलाई अगाडि बढाउन आफु पार्टी र नेता कार्यकर्ताको अलिकती पनि भावना विपरित नजाने प्रतिवद्वता व्यक्त गरेकी छन् ।धनुषा सम्पर्क मञ्चको सदस्य र सचिव भएर काम गरेको तथा गत १५ वर्ष देखि निरन्तर जिल्ला सदस्य रहेकाले पार्टीमा आफु नयाँ नभएको पनि उनले स्पष्ट गरेकी छन् ।