जनकपुरधाम,भादौं २८ गते
अब खेलौं प्रदेश २ मुल नाराका साथ यार्सागुम्वा जनक कप २०७८ हुने भएको छ ।
प्रदेश नं २ को खेलाडीलाई जोड्ने र प्रात्साहित गर्ने उद्देश्यले आउँदौ असोज ३ गते इन्द्रजात्राको दिन देखी यार्सागुम्बा जनक कप सुरु हुने भएका छन् । धनुषाको गोदार वडा नं ३ स्थितको ग्राउण्डमा (फुटबल) खेल हुने पत्रकार सम्मेलन गरी जनाएको छ । प्रदेश नम्बर २ को विभिन्न जिल्लाबाट ८ वटा समूह खेलमा सहभागी हुने जनाएकारी गराएका छन् । खेल आठ दिनसम्म चल्ने छ । खेलमा प्रथम हुने विजेतालाई रु ५१ हजार र दोस्रो स्थान ल्याउनलाई २१ हजार नगद राशी दिने नयाँ सोच नेपालको अध्यक्ष युलन यादवले बताए । सोमवार यार्सागुम्बाका प्रोडक्सन मैनेजर गुलाटी लाल चौधरीले फुटबल महासंघका महासचिब अच्युत्तम बराललाई खेल विधिवत रुपमा संचालन गर्न फुटबल हस्तान्तरण गरेको थियो । पत्रकार सम्मेलनमा यार्सागुम्बा जनक कपका म्यानेजमेन्ट कमिटीका अध्यक्ष शैलेन्द्र यादवले अहिले पनि प्रदेश नं २ मा युवा खेलाडीहरु उचित स्थान नपाएपछि प्रतिभा लुकाएर राखेका छन् बताउँदै खेलाडीहरुको प्रतिभालाई उजागर गर्न यो जनक कपको आयोजना गरेको बताए । उनले खेल शारीरिक र मानसिक स्वास्थ्यका लागी निको भएकोले खेल अतिनै अवश्यक रहेको बताउँदै खेलले युवालाई उर्जा र स्फूर्ति मिल्छ बताएका हुन । उनले देशको नाम अन्तराष्ट्रि जगतमा चिनाउने खेलाडी नै हुन बताउँदै यस तर्फ राज्य पनि आफ्नो लगानी बढाउन जरुरी रहेको बताए ।