
सूचना डायरी जनकपुरधाम ९ असोज । प्रदेश नं. २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले भाषा, साहित्य, कला साँस्कृति उजागर भएमा नेपाली जनताको भविष्य समृद्ध उत्थान हुने बताएका छन् । बलेँसी साहित्य समाज, नेपाल प्रदेश २ कार्य समितिले मारवारी सेवा समिति जनकपुरधाममा आयोजना गरेको सम्मान तथा घोषणा कार्यक्रममा प्रदेश प्रमुख मिश्रले जनकपुरधामको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने, लिपि सहितको भाषिक उत्थान, व्याकरणीय पुनिर्माण गरी समाजमा चेतना ल्याउने, जागरण ल्याउने र यो मार्फत पुर्नजारण हुने बताएका छन् ।मुलुकलाई समृद्ध र सचेत बनाउनमा साहित्य समाजको महत्वपूर्ण योगदान रहने प्रदेश प्रमुख मिश्रले भन्दै सबैमा शुभकामना र धन्यवाद गरेका छन् ।
त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले साहित्य समाजको दर्पण हो यसर्थमा पनि समाजमा हुने बिकृती विसङती बिरुद्द कलम चलाउन सकियो भने त्यसको सकारात्मक प्रभाव समाजमा पर्न सक्छ। विभिन्न किसिमका कुलत देखि हत्या,हिंसा तथा आपराधिक घटनाको बिरुद्द्मा कलम चलाउन जरुरी रहेको बताउदै विभिन्न सास्कृतिक,राजनितीक,पौराणिक कुरा त्यसै गरी समाजमा हुने विभिन्न सकारात्मक गतिविधिलाई साहित्यको माध्यमबाट बाहिर ल्याउन सकियो र सहि सन्देश सम्प्रेषण गर्न सकियो भने त्यो पनि समाजकै हितका लागि हुनेकुरामा मन्त्रीसाहले जोड दिएका छन ।

त्यसैगरी वरिष्ठ साहित्यकार रोशन जनकपुरीले साहित्य समाज र राजनीतिलाई समेत जोड्ने गरेको बताएका छन् । उनले राजनीति झोपरीमा रहेका जनतासँग जुडेमा र झोपरीमा रहेका जनता राजनीतिकसँग जुडेमा मात्र मुलुकको विकास सम्भव रहेको बताएका छन् ।साहित्यको चर्चा गर्दैै साहित्यकार जनकपुरीले साहित्य र राजनीतिमा ‘रास’को बडो महत्व हुन्छ । रास आएमा मात्र समाज र मुलुक सचेत र समृद्ध बन्ने बताएका छन् । एउटा भद्रपुरका संस्था बलेँसी साहित्य समाजले जनकपुरधामको साहित्य, कला, सँस्कृति र यहाँका सभ्यतालाई उजगार गर्न खोजेकोले यहाँका समाजका लागि उपलब्धी मूलक रहेको उनले भने, ‘साहित्य जहिलो पनि जोड्ने कार्य गर्छन । साहित्यलाई राजनीतिककर्मीहरु पनि बुझ्नु पर्छ ।
केन्द्रिय अध्यक्ष प्रेमप्रसाद पौडेलको अध्यक्षता तथा प्रमोद कुमार यादवको प्रदेश कार्यक्रम संयोजकत्वमा भएको सो कार्यक्रममा सामाजिक, राजनीतिक लगायत पत्रकार, कलाकार र विभिन्न संघसंस्थामा लागेको व्यक्तिहरुलाई सम्मान गरेका छन् ।


