जनकपुरधाम, असोज १८ गते
६६ ओं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय धनुषाले रक्तदान कार्यक्रम गरेको हो । रक्तदान जीवन दान मुख्य नाराका साथ नेपाल रेडक्रस सोसाइटीको सहयोग र जिल्ला प्रहरी कार्यालयको आयोजनामा जनकपुरधामको जनक चोकमा रक्तदान कार्यक्रम गरेको हो । प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक उमेश रंजितकारको प्रमुख आतिथ्यको आयोजना गरिएको कार्यक्रममा ५३ जना महिला र पुरुषले रक्तदान गरेका हुन ।
कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक उमाशंकर पंजियार, प्रहरी उपरिक्षक प्रकाशराना भाट, नेपाल रेडक्रस धनुषाका सभापति नरेश सिंह लगायतको उपस्थिति रहेको थियो ।