जनकपुरधाम, असोज २४ गते
हिन्दु धर्माबलम्बीहरुको महान चाड पर्व वडा दशैं सुरु भएको छ । वडा दशैं स्थानीय युवा क्लबहरुले हर्षाेउल्लासका साथ मनाउने गरेका छन् । अहिले जनकपुरको विभिन्न मठ मन्दिरहरु सजिएको छ । दशैं पुर्व जनकपुरका स्थानीय क्लबहरुले विभिन्न शक्तिपीठहरु बेहुली झैं सजाएको हो । जनकपुरको राम चौक स्थित राजदेवी मन्दिर, बौधी, मन्दिर, विद्यापती चौकमा दुर्गा मन्दिर, रामान्नद चौक, पिडारी चौक, पिडरिया माइ स्थान,कपिलेश्वर, लोहना, रुपैठा, कुर्था, जिरो माइल लगायतको स्थानमा रहेका शक्तिपीठलाई बेहुली झै सजिएको हो भने साँझ झिलिमिली सहजै देखिन्छ । बढदै गएको आधुनिकता संगै मन्दिरहरुमा भव्य आकार्षक, विजुली बत्तीले शक्तिपीठहरु झिलिमिलि भएको सहजै देखिन्छ । जनकपुरको दशैं देश विदेशबाट आएर पर्यटकहरु समेत हेर्न र अवलोकन गर्ने गरेका छन् ।