जनकपुरधाम, कार्तिक ७ गते
निः शुल्क दन्त तथा आखाँ शिविरलाई निरन्तरता दिएको छ । प्रत्येक शनिवारका दिन जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडामा संचालन गर्दै आएको दन्त तथा आखाँ शिविरलाई निरन्तरता दिएको हो । शनिवार शिविरलाई निरन्तरता जनता सहयोगी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा जनकपुरधाम उपमहागरपालिकाको वडा नं २० स्थित रुपैठामा शिविर संचालन गरेको छ । रुपैठामा संचालन गरिएको दन्त तथा आँखा शिविरबाट स्थानीय ३ सय लाभान्वित भएका छन् । शिविरमा डा. मिशा महासेठ, डा. रवि शंकर चौधरी लगायतले विरामीलाई चेक जाँच गरेका हुन । सहकारी संस्थाका रामचन्द्र पजियारको प्रमुख आतिथ्यमा आयोजित शिविरमा स्थानीय जनप्रतिनिधि शुभ ढुङ्गना लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।