
महोत्तरी ,बर्दिवास नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तरुण बिभाग केन्द्रिय संयोजक पुर्ब मन्त्री शंकर भण्डारीले परिवर्तन कामी शक्ति तरुण लाई समग्र समाजिक बिकास र संगठननिक मजबुततिको अभिभारा ससक्त रूपमा लिन आग्रह गरेका छन ।
महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाल कांग्रेस तरुण बिभागले आयोजना गरेको शुभ दिपावाली तथा छ्ठ पर्वको सुखद अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं नेपाली कांग्रेसको युवा नीति सन्दर्भमा वृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक आमूल परिवर्तनमा युवाको भूमिका अहम् रहेका हुनाले आँट र साहसका धनी युवा, विद्यार्थी र तरुणकै माध्यमबाट समाजवादी विचारलाई जनतामा स्थापित गराउने हाम्रो कांग्रेसको योजनामा सशक्त रूपमा आत्मसात गर्न आग्रह गरेका छन ।उनले गुटबन्दी लाई होईन पार्टी लाइ प्राथमिकतामा राखी एकीकृत रूपमा लानको लागी उपस्तिथि कार्यकर्ताहरु संग आग्रह गरेका छन ।

नेपाली कांग्रेसका तरुण बिभाग प्रदेश २ अध्यक्ष राम पल्टन साहको अध्यक्षता माभएको कार्यक्रममा नेपाली कांग्रेसका नेता स्मृति नारायण चौधरी महेन्द्र मिश्र, नेपाली कांग्रेसका पुर्ब मन्त्री सिताराम भण्डारी, औरही नगर पालिकाका मेयर सुनिल कुमार यादब लगायतका नेपाली कांग्रेसका महोत्तरी ,धनुषा , सिरहा , बारा, पर्सा , सर्लाही लगायत प्रदेश नम्बर २ कै नेपाली कांग्रेसका नेताकार्यकर्ताहरुको उपस्थित रहेका थिए ।