जनकपुरधाम, कार्तिक २२ गते
जनकपुरधामका एक समाजसेवीले आज बस्त्र तथा पुजा सामग्री सहयोग गरेको छ । समाजसेवी अमर पंजियारले दिपावली तथा छठ पर्वको अवसरमा वडाबासीलाई सु–स्वास्थ्य दीर्घायु एवं उतोरोत्तर प्रगतीको कामनासहित शुभकामना दिदैं छठ पुजाका लागी ब्रतालु महिलाहरुलाई नयाँ बस्त्र तथा पुजा सामग्री सहयोग गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ स्थित कपिलेश्वका गरीव, दलित तथा विपन्न परिवारलाई समाजसेवी पंजियारले आज उक्त सामग्री सहयोग गरेको हो । उनले आफ्नो निजी निवासमै ब्रतालु महिलाहरुलाई बोलाएर गरीब, दतिल र विपन्न जस्ता परिवारलाई पुजाका लागी सामग्री अभाव भएका ब्रतालु महिलालाई साडी, साया, बलाउज,कपडा संगै नारिवल,अगरबत्ती, सलाई लगायतका पुजा सामग्री सहयोग गरेका हुन । हिन्दुहरुको महान पर्व भएकोले छठमा कोहि पनि दmुखी नहोस भन्ने अभिप्रायले सहयोग गरेको समाजसेवी पंजियारले बताए । पजियारले आफना बुवा समाजसेवी बिक्रम पजियार सहित आमालाई समेत साथमै राखेर वडाका करिव तिनसय जनालाई पुजा समाग्री वितरण गरेका हुन । सो अवसरमा उनकै परिवारबाट वडा अध्यक्षमा निवार्चित रामअशिष पजियार सहितको उपस्थिती थियो । पुजाका सरसमानहरु निशुल्क पाएपछि खुसी स्थानियवासी सहयोगी पजियार परिवारलाई धन्यवाद दिएका छन् ।