जनकपुरधाम, कार्तिक २२ गते
धनुषा एक नगरपालिकाले ब्रतालु महिलालाई सहयोग गरेको छ । धनुषाका हँसपुर नगरपालिकाका मेयर रामज्ञान मंडलले आज ब्रतालु महिलालाई सहयोग गरेको हो । आज मेयर मंडलले छठ पुजाको अवसर पारेर छठपर्व गर्ने महिलाहरुलाई पुजा सामग्री वितरण गरेका छन् । मेयर मंडलले छठ, सामा पर्वको अवसरमा हँसपुर नगरपालिकाबासीलाई सु–स्वास्थ्य दीर्घायु एवं उतोरोत्तर प्रगतीको कामनासहित शुभकामना दिदैं आज पुजा सामग्री वितरण गरेका हुन । उनले हँसपुर नगरपालिका वडा नम्बर १ देखी ९ सम्मका ब्रतालु महिलालाई पुजा सामग्री वितरण गरेको हो ।
ब्रतालु महिलाहरुलाई नयाँ बस्त्र तथा पुजा सामग्री सहयोग गरेका छन् । सबै वडाका गरीव, दलित तथा विपन्न परिवारलाई सामग्री सहयोग गरेको हो । उनले गरीब, दतिल र विपन्न जस्ता परिवारलाई पुजाका लागी सामग्री अभाव भएका ब्रतालु महिलालाई साडी, साया, बलाउज,कपडा, गेहुँ,गुड संगै नारिवल,अगरबत्ती, सलाई लगायतका पुजा सामग्री सहयोग गरेका हुन । हिन्दुहरुको महान पर्व भएकोले छठमा कोहि पनि दुःखी नहोस भन्ने अभिप्रायले सहयोग गरेको मेयर मंडलले बताए । पुजाका सरसमानहरु निशुल्क पाएपछि खुसी स्थानियवासी सहयोगी मेयर मंडललाई धन्यवाद दिएका छन् । भनिन्छ भजन गाउँने मुख भन्दा सेवा गर्ने हात पवित्र हुन्छ त्यस्तै छ मेयर मंडल । मेयर मंडलको यति वेला चर्चा गर्दा सायद कमै हुन्छ स्थानीयहरु बताउँछन् । आफ्ना नगरपालिकाबासीलाई समय समयमा सेवा दिदै आइरहेका छन् उनी । उनी आफुलाई भन्दा बढि मेहनत नगरपालिकाबासीका लागी नै गर्देछन् । कोरोना महामारीको अवधिमा पनि मेयर मंडलले साथ छाडेन । गरिव, दलित, विपन्न, मजदुरलाई लकडाउन अविधि भरी नै राहत र खाना खुवाएको कतै सो कुरा लुकेको छैन । समय समयमा नगरपालिकाबासीलाई समस्या परेमा समेत सहारा गर्दै आइरहेका छन् । अन्य मेयर भन्दा प्रदेश नं २ मै उनी अहिले चर्चामा छ । असल काम गरेकोमा मेयर मंडलको चोतर्फी चर्चा भइरहेका छन् । सहयोग गर्दै आएकोमा प्रदेश नम्बर २ कै एक असल मेयरको नाममा पनि चिनिन्छ ।