जनकपुरधाम, कार्तिक २२गते
‘भनिन्छ भजन गाउँने मुख भन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ यति बेला दन्त चिकित्सक मिशा महासेठ सेवामा लागि परेका छिन् । कोरोना महामारीमा रोकथाम तथा न्यूनिकरणका लागी नेपाल सरकारले लगाएको लकडाउन कतिपय विरामीहरु घरबाट बाहिर निस्कन बाध्य भएका थिए । अहिले कोरोनाको लहर न्यून भएपछि विरामीहरु उपचार गराउन लागेका छन् । कोरोना महामारीका बेला पनि चिकित्सक महासेठले समाजमा निकै नै भूमिका निर्वाह गरेका छिन । उनी अहिले जनकपुर लगायत धनुषाको विभिन्न क्षेत्रको स्थानमा निः शुल्क दन्त शिविर संचालन गरी सेवा दिदैं आइरहेकी छन् ।
आफ्नो जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ तपसी चौक स्थित तराई डेन्टल क्लिनीक संचानल गरे पनि प्रत्येक सप्ताह आफ्नो अमुल्य समय निकालेर विभिन्न वडाहरुमा निःशुल्क दन्त चेकचांज गर्दै आएकोले उनी एका एक चर्चामा आएको हो ।नागरिकलाई सेवा दिने उद्देश्यले निःशुल्क उपचार दन्त चिकित्सक मिशा महासेठले गर्दै आइरहेका छिन । चिकित्सक महासेठले आज पनि धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ३ बनियामा निः शुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । आज बनियामा ५ सय भन्दा बढिलाई निःशुल्क दन्त चेकजाँच गरेका छिन । चिकित्सक महासेठले चेकजाँच गराउनेलाई निःशुल्क औषधी समेत उपलब्ध गराएको हो ।