जनकपुरधाम, कार्तिक २६ गते
छठ पर्वको अवसरमा जनकपुरधामको रामपुरमा निः शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । प्रत्येक सप्ताह संचालन गर्दै आएको निः शुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिदैं विहिवार पनि आयोजना गरेको हो । विहिवार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४ सय स्थानीयले चेक जाँच गराएका हुन । श्रीराम जानकी आदर्श पुस्तकालय, वडा नं १५ को कार्यालय श्री फिल्ड अस्पताल बर्दिबाँस नेपाल सेना र रामपुर युवा क्लवद्धारा निःशुल्क स्वास्थ्य र रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । आयोजित शिविरमा ७० जनाले रक्तदान गरेका छन् ।
शिविरमा दाँत तथा मुख सम्बन्धी बिरामीको उपचार जनकपुर –७ स्थित तराइ डेन्टल क्लिनिकका चिकित्सक मिशा महासेठले गरेको हो ।