जनकपुरधाम, कार्तिक २६ गते
प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाममा एक थप विद्यालय संचालनमा आएको छ । बाल बालिकालाई सुविधा सहित शिक्षा दिने उद्देश्यले आज देखी लील चैंप्स प्ले विद्यालय संचालनमा आएको हो । बालबालिकालाई शिक्षा संगै खेलकुद,गीत संगीत लयगातका सुविधा सहित दिने उद्देश्यले लील चैंप्स प्ले विद्यालय संचालमा ल्याएको विद्यालयका फाउण्डर इन्जिनियर मनोज साहले बताए ।हिन्दु धार्मिक परम्परा अनुसार पुजा पाठ गरी विद्यालय संचालनमा आएको छ । यसै संगै इन्जिनियर साहको भारतको झारखण्डको कोडरमामा समेत लील चैंप्स प्ले विद्यालयमा संचालनमा हो । दुवै देशका बालबालिकालाई उज्जवल भविष्य निर्माण गर्ने मुख्य उद्देश्य रहेकोले झारखण्ड पछि जनकपुरमा लील चैंप्स प्ले विद्यालय संचालमा ल्याएको इन्जिनियर साहले बताएका छन् । आफनो् जागिर छाडेर विगत १२ वर्ष देखी बालबालिकाको भविष्य बनाउने भएकोले विद्यालयमा संचालनमा ल्याएका हुन । ई. साहले भारत र नेपालको प्रतिष्ठित टेक्सटाइल कम्पनीमा काम गरिसको छ । नेपालको विराटनगरमा अशोक टेक्सटाइल , भारतको सुरतमा सुनिता टेक्सटाइल लगायतको कम्पनीहरुमा इन्जिनियरको ररुपमा काम गरिसकेको उनले बताए । यस विद्यालयमा २ वर्ष माथिका बालबालिकालाई शिक्षाका लागी नामाकंन गरिने लील चैंप्स प्ले स्कुलका प्रधानाध्यापक प्रिंयका साहले बताइन। एनले यस विद्यालयमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा पठन पाठन हुने उनले जानकारी गराइन । बालबालिकाको पढाई संगै सुविधामा कुनै कमी नगर्ने विद्यालयका प्रधानाध्यापक साहले दावी गरिन । जनकपुरमा धेरै विद्यालय रहेता पनि बालबालिकाका लागी लील चैंप्स प्ले अलि फरक रहेको बताए । अगामी दिनमा यस विद्यालयले समाजलाई एक नयाँ सन्देश दिनेछ भनी प्रधानाध्यापक साहले विश्वास व्यक्त गरिन् । विद्यालय संचालनमा आएपछि अहिले दैनिक रुपमा यहाँका स्थानीय प्रतिष्ठित व्यक्तिहरु अवलोकन गर्न पुग्ने गरेका छन् ।