जनकपुरधाम,कार्तिक २७ गते
समाजमा सेवा गर्ने उद्देश्यले गठन गरिएको नेपाल युवा समाज सेवा ग्रुप प्रदेश नं २ ले एक अपाङ्गलाई आर्थिक सहयोग गरेको छ । जिल्ला सिरहा गाविस पिपरा खदर्वा वडा नं २ का अपाङ्ग खुशी लाल यादवलाई युवा समाज नेपालले आर्थिक सहयोग गरेको हो । युवा समाजका पदाधिकारीहरुले आर्थिक अवस्था समेत कमजोर रहेका अपाङ्ग यादवको घरमै पुगेर राहत स्वरुप १० हजार ५ सय ५१ नगद आर्थिक सहयोग गरेका हुन । युवा समाजका अध्यक्ष प्रमोद यादव उपाध्यक्ष राजेश यादव सचिब श्याम प्रसाद चौरसीया कोषाध्यक्ष रंजीत दास सल्लाहकार संतोष यादव, रोशन कापर,विजय यादव,लालकृष्ण सहनी, तेजनारायण साह लगायतका टोलीले घरमै पुगेर राहत स्वरुप आर्थिक सहयोग गरेकोमा अपाङ्ग यादवले खुशी हुदैं आयोजक टीमलाई धन्यवाद समेत दिएको थियो । गरीव, दलित, विपन्न, असहाय जस्ता परिवारलाई युवा समाज नेपालले सहयोग गर्दै आइरहेका छन् ।