वीरेन्द्र कर्ण
जनकपुरधाम, कार्तिक २७ गते
छठ घाटको विषयमा जनकपुरधाम उपमहानगरपालिका वडा नं २० देवपुरा रुपैठामा हिन्दु मुस्लिम बीच भइरहेको विवादले उग्र रुप लिएपछि स्थानीय प्रशासनले आज शनिवार देखी सो क्षेत्रमा निषेधाज्ञा लागु गरेको छ ।
ऋाज शनिवार दिउँसो २ बजे देखी आइतवार राती १० बजेसम्मको लागी सो निषेधाज्ञा लागु गरेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३क) अनुसार सो निषेधाज्ञा लागु गरेको हो । जस अन्तर्गत पूर्व जलाद नदीको कल्लीबाँध, पश्चिममा जनकपुर –जटहीको दो बाटोसम्म,उत्तरमा हनुमानगर, बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निम चौक देखी बहुअर्वा जाने बाटोसम्म सो निषेधाज्ञा लागाएको छ । जस अन्तर्गत कुनै प्रकारको भेला,जुलुस, प्रदर्शन, ¥याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने र यदि यस्ता क्रियाकलाप गरेको पाइएमा प्रहरीले त्यस्ता व्यक्तिलाई प्रक्राउ गरी कारवाही गर्न सक्नेछन् ।
जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । यस अघि सो ठाँउमा दुई समुदायबीच ढुङ्गा हानाहान भएपछि स्थितिले उग्ररुप लिएको थियो । ती समुदायका मानिसहरुले एक अर्काको घरमा ढुङ्गा मुढा प्रहार गर्नुका साथै टायर बालेर बाटो अवरुद्ध पारेका थिए । व्यापक मात्रामा आन्दोलनकारीहरु त्यहाँ रहेकोले प्हरीको नियान्त्रण भन्दा बाहिर गएपछि स्थानीय प्रशासन भीड नियन्त्रण गर्न सो निषेधाज्ञा लगाइको हो । भीड नियन्त्रण गर्न प्रहरीले आज करिब दर्जनौं राउण्ड अश्रु ग्याँस प्रहार गर्नुका साथै एक राउण्ड गोली हवाई फायर समेत गरेको थियो । निषेधाज्ञा जारी भएपछि अहिले सो क्षेत्रको स्थिति समान्य रहेको छ । सो ठाउँमा सशस्त्र र जनपथ प्रहरी व्यापक मात्रामा परिचालन गरिएको छ ।
यसैबीच सो झडपका परी २ प्रहरी सहित ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी दिए । फोटो सभार टुडे आवाजबाट
स्थलगत रिपोर्ट