जनकपुरधाम,मंसिर ६ गते
नागरिकलाई सेवा दिने उद्देश्यले निः शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । आज धनुषाको विदेह नगरपालिकामा स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क आखाँ शिविर संचालन गरेको हो । आज जानकी आँखा अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य सेवाबाट उपचार गराउनुको साथै १५० जना लाभान्वित भएका छन् । आयोजना गरेको शिविरमा १५० जना विरामीले चेक जाँच गराएकोमा ६३ जनामा मोतियाविन्द फेला परेको आयोजकले जनाएका हुन । शिविरमा चेक जाँच गराएका आखाँका विरामीलाई मंगलवार विहान ७ बजे निःशुल्क अपरेशन, औषधी र चस्मा उपलब्ध गराउने स्थानीय लोकतान्त्रिक समाजबादी पार्टी नेपाल(लोसपा) नेता संजीव झाले जानकारी दिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का नेता राजीव झाको प्रमुख आतिथ्यमा तथा संजीव झाको अध्यक्षतामा आयोजित निःशुल्क शिविर सफलता पुर्वक सम्पन्न भएको हो । शिविरमा जानकी आखाँ अस्पतालका नेत्र विषेशज्ञ प्रदिप यादवको नेतृत्वमा रविन्द्र राय, ललन मंडल, शुभाष दुनुवारले विरामीलाई उपचार गरेको थियो ।
नेपाल भारत खुला सिमा संबाद समूह, क्लोथ बैक धनुषाको सहआयोजना तथा जानकी आँखा अस्पताल जनकपुरधाम,तेज कोहली र रुइत फाउन्डेसनको आयोजनामा शिविर संचालन गरिएको नेता राजीव झाले बताए ।