जनकपुरधाम, मंसिर ७ गते
‘रक्तदान जीवन दान’ मुख्य नाराका साथ रक्तदान कार्यक्रम गरिएको छ । गरिमा विकास बैक लिमिटेडले सफलतापुर्वक १४ औं वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम वार्षिकोत्सव छ । विभिन्न कार्यक्रमम अन्तर्गत बैंकले जनकपुरधाममा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । जनकपुरधाममा ‘रक्तदान जीवन दान’ मुख्य नाराका साथ रक्तदान कार्यक्रम गरिएको छ ।मंगलवार गरिमा विकास बैंक र नेपाल रेडक्रस सोसाइटी धनुषाको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको बैकले जनाएको हो । उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी, स्थानीय प्रशासन, बैंकका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।