जनकपुरधाम, मंसिर ११ गते
कोरोना महामारी समय देखी नै संचालन गर्दै आएको निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिएको छ । जनकपुरधाम उपमहानगरपालिका स्थित संचालित तराई डेन्टल क्लिनिकले निः शुल्क दन्त शिविरलाई निरन्तरता दिएको हो । प्रत्येक सप्ताह अन्तर्गत शनिवार जनकपुरधाम उपमहानगरपालिका वडा नं ६ स्थित अतुल हनफियतुल गाँसिया मदर्साको प्राङ्गण निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । शिविरमा सो क्षेत्रका नागरिकले दन्त र आखाँ चेकजाँच गरेका हुन । शिविरमा महिला, पुरुष र बालबालिका लगायत ४ सय जनाले निःशुल्क उपचार संगै औषधी समेत उपलब्ध गराएको तराई डेन्टल क्लिनिकका संचालिका समेत रहेकी दन्त चिकित्सक मिशा महासेठले बताइन । मदर्सा कमिटीका मो. जलाउद्दिन खाँनको अध्यक्षतामा आयोजित शिविरमा दन्त र आखाँका चितित्सक तथा स्थानीय कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।