जनकपुरधाम, मंसिर १३ गते
निः शुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिदैं आज पनि शिविर संचालन गरेको छ । धनुषाको विभिन्न स्थानीय निकायहरुमा संचालन गर्दै आइरहेको निःशुल्क स्वास्थ्य शिविर आज धनुषाको नगरराइन नगरपालिकाको वडा नम्बर ५ गंगुली स्थित पुर्वारी टोलमा शिविर संचालन गरेको हो । नेपाल भारत खुल्ला सीमा संवाद, क्लोथ बैंक नेपालको सह आयोजना तथा जानकी आँखा अस्पताल जनकपुरधामको आयोजनामा निः शुल्क आखाँ शिविर संचालन गरेका हुन । आज संचालन गरेको निः शुल्क आखाँ शिविरबाट १४६ जना महिला–पुरुष लाभान्वित भएका छन् ।
शिविरमा आखाँ चेकजाँच गर्दा ५३ जनामा मोतियाविन्द रोग फेला परेको स्थानीय लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)का नेता राजिव झाले बताए । शिविरमा मोतियाविन्द फेला परेका विरामीलाई भोलि(मंगलवार)जानकी आखाँ अस्पताल जनकपुरधाममा शल्यक्रिया गरिनेछन् ।
शिविरमा लोसपाका नेता राजु चौधरी,चिकित्सक र स्थानीय कमिटीका पदाधिकारीहरको उपस्थिति रहेको थियो ।