जनकपुरधाम, १७ मंसिर
‘हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूलनाराका साथे ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पिपरा गाउँपालिकाको कार्यालयले मनाएको छ । ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दिवसको अवसरमा महोत्तरीको पिपरा गाउँपालिकाले आयोजना गरेको कार्यक्रम बीच अपाङ्गलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । पिपरा गाउँपालिकाका अन्तर्गत विभिन्न वडाका अपाङ्गलाई ह्वील चेयर,बैशाखी र ट्राइ साइकल वितरण गरेका हुन ।
गाउँपालिका अध्यक्ष विक्रम चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा १० जनालाई ट्राइ साइकल, ह्वील चेयर १५ थान र ५० थान बैशाखी अपाङ्गतालाई उपलब्ध गराएको हो । आज गाउँपालिका अध्यक्ष विक्रम चौधरी उपाध्यक्ष ननु कुमारी दास र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले अपाङ्गताहरुलाई ट्राई साइकल, ह्वील चेयर, बैशाखी हस्तान्तरण गरेको थियो ।
उक्त कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, गाउँपालिकाका कर्मचारी राजकिशोर झा, मणि ठाकुर, अशोक झा,राजीब झा लगायत स्थानीयको उपस्थिति रहेको थियो । यता धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका–१०, ठेरामा रहेको नेपाल तराई अपाङ्ग संघको संयोजनमा ¥याली निकालिएको हो ।ठेरा बजारबाट निस्किएको ¥याली गाउँको विभिन्न भागको परिक्रमा गरि पुनः बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।¥यालीमा सहभागीहरुले ‘अपाङ्ता अधिकार सुनिश्चित गर’, ‘हामीलाई दया, माया होइन, अधिकार देऊ’ लगायतका नारा लगाएका थिए ।
¥यालीमा सहभागीहरुले सचेतनामूलक विभिन्न ‘प्ले कार्ड’हरु पनि बोकेका थिए ।नेपाल तराई अपाङ्ग संघको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रदेश २ का पूर्व आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले सम्पूर्ण अपाङ्गहरुलाई उनीहरुको आवश्यकता अनुसारको सुविधा उपलब्ध गराउनु सरकारको दायित्व रहेको बताए ।उनले अपाङ्गको समस्याबोर सरकारले तथ्यांक संकलन गरेर समस्याको सम्बोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।नेपाल तराई अपाङ्ग संघ धनुषाका अध्यक्ष विन्दु यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य चमेलीदेवी दास, जसपाका संयोजक सिता देवी यादव, मिथिला विहारी नगरपालिका वड नम्बर–८ का वडाध्यक्ष जीवछ यादव, वडा नम्बर–१० का वडाध्यक्ष ललित झालयागतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।