जनकपुरधाम, मंसिर २४ गते
प्रयोगात्मक अभ्यास छात्रछात्राका लागी प्रभावकारी सिकाइ मानिन्छ । यसरी नै जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ स्थित एसएम स्कूलले आफ्ना छात्रछात्रालाई प्रयोगात्मक सिकाइवाट विभिन्न कार्यहरु गराउँदै आइरहेका छन् । यसैक्रममा स्कूलका छात्रछात्राहरुले मिथिलाका प्रसिद्ध परिकार बनाएको हो । छात्रछात्रालाई अन्तरनिहित खाना परिकार सम्बन्धि क्षमता अभिवृद्धि होस भन्ने उद्देश्यका साथ संचालन गरेका एसएम स्कूलका प्रधानाध्यापक दिपक ठाकुरले बताए ।
कक्षा १ देखी १० सम्मका छात्रछात्राहरुले मिथिलाका विभिन्न परिकार बनाएका हुन । आज स्कूलका छात्रछात्राहरुले दाल,भात, तरकारी, अचार, माछा, मासु, करी,मिठाई,दही, लस्सी,पकौडा, पापड,तिलौडी लगायतका परिकार बनाएका थिए ।
छात्रछात्राले बनाएको परिकारको मुल्ङ्गन गर्दै स्कुलले पुरस्कारको समेत व्यवस्था गरिएको थियो । यसका लागी ५ समूहमा बनाएकोमा जसले राम्रो परिवार बनाए पुरस्कार समेत प्रदान गरेको हो । फुड फेस्टिवल मिथिला भोज, स्वादिलो समूह,स्वादक समिश्रण,रोयल फुड हाउस र मिट हाउस नामको समूह प्रतियोगितामा सहभागि भएका थिए । जस मध्ये फुड फेस्टिवल मिथिला भोज प्रिति मिश्र कक्षा ९ मा अध्ययनरतको समूह प्रथम स्थान प्राप्त गरेको छ भने दोस्रो स्वादिलो समूह स्कूलका प्रधानाध्यपक ठाकुरले बताए । उक्त प्रतियोगितामा सफाई अभियानी रुवी झा, दिपक चौधरी, गुड्डु झा लगायत स्कुलका शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।