जनकपुरधाम
धनुषाको नगराइनमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । नेपाल भारत खुल्ला सिमा संवाद समूह र क्लोथ बैंक नेपालको सह आयोजनामा संचालन गर्दै आइरहेको निःशुल्क आँखा शिविरलाई निरन्तरता दिएको हो । निःशुल्क शिविरलाई निरन्तरता दिदैं नगराइन नगरपालिका वडा नं ३ को रामवागमा जानकी आँखा अस्पतालको आयोजनामा संचालन गरेको निःशुल्क आँखा शिविरमा १८० जना विरामीले चेक जाँच गराएका छन् । चेक जाँचको क्रममा ७९ जनामा मोतियाविन्द रोगी फेला परेको लोसपाका नेता राजिब झाले बताए ।
मोतियाविन्द फेला परेका रोगीलाई जनकपुरधाम स्थित जानकी आँखा अस्पतालले निःशुल्क शैल्यक्रिया गरिने जनाएको छ । शिविरमा सहयोग गरेका नेत्र सहायक रुदल साह,आँखा अस्पतालका चिकित्सक, सहायक चिकित्सक, कर्मचारी, लोसपाका स्थानीय नेता राजू चौधरी, रामजिवन साह लगायतलाई आयोजकले धन्यवाद ज्ञापन गरेका हुन ।
Discussion about this post