जनकपुरधाम, पुष २४ गते
विगत ३ वर्ष देखी निरन्तर रुपमा रेल्वे टे«क सप्ताहिक सरसफाई अभियान ३ वर्ष सफलतापुर्वक पार गरी चौथो वर्षमा प्रवेश गरेको छ । आज रेल्वे ट्रेक सरसफाई अभियान तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएका छन् । आज विहान पनि रेल्वे ट्रेक सरसफाई कार्यलाई निरन्तरता दिएको छ ।
सरसफाई अभियानको तेस्रो वार्षिकोत्सव अन्तर्गत आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । यसैलाई मध्य नजर राख्दै सरसफाई अभियानी रुवी झाको अध्यक्षता तथा धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बासतोलाको प्रमुख आतिथ्य मा आज रक्तदान जीवन दान मुख्य नाराका साथ खुल्ला रक्तदान कार्यक्रम गरेका हुन ।
आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रमा ३७ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रममा रेडक्रस धनुषाका सभापति नरेश सिंह,ु सहायक जिल्ला अधिकारी प्रदर्शनी कुमारी, धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरे, वडा नं १ का अध्यक्ष शत्रुधन साह, भोगेन्द्र लाल कर्ण , दुधमती सरसफाई अभियानी सुदिप मंडल लगायत विभिन्न संघसंस्थाको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।