जनकपुरधाम, माघ ५ गते
खेलकुदको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएका धनुषा जिल्ला क्रिकेट संघको साधारणसभा सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित श्री राम युवा कमिटीको सभा हलमा जिल्ला क्रिकेट संघको दोस्रो साधारणसभा सुरु भएको हो । धनुषा जिल्ला क्रिकेट संघका हिरा भगतको अध्यक्षतामा क्रिकेट संघको दोस्रो साधारणसभा सुरु भएको छ । साधारण सभा समपन्न पश्चात नयाँ नेतृत्वका लागी आज नै उम्मेदवारी दर्ता हुने निर्वाचन अधिकृत सुदिप कोइरालाले जानकारी दिए । निर्वाचन अधिकृत कोइरालाले विभिन्न पदमा उम्मेदवारी दिने उम्मेदवारका लागी सम्पुर्ण तयारी पुरा भइसकेको बताए । उनले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को मध्य नजर राख्दै आफ्नो स्वास्थ्यलाई ख्यालमा राखि उम्मेदवारी दर्ता गराउन सम्पुर्ण उम्मेदवार र सदस्यहरुलाई आग्रह गरेका छन् ।
Discussion about this post