जनकपुरधाम,फागुन २ गते
स्थानीय निकायको निर्वाचन निर्वाचन बैशाखमा हुने भनिएपछि विभिन्न राजनीतिक दलहरु बैठक र सभाहरु गर्न थालेका छन् । स्थानीय निकायको निर्वाचन र नेपाली कांग्ेसको १४ औं महाधिवेशन अन्तर्गतको जिल्ला अधिवेशनका लागी कांग्ेसका नेता तथा कार्यकर्ताहरुले समेत विभिन्न बैठक र सभा गर्न थालेको हो ।
यसै क्रममा नेपाली कांग्ेसका धनुषा क्षेत्र नं ३ का क्षेत्रिय कार्यसमितिले आज नगराइनमा विस्तारित बैठकको आयोजना गरेको थियो । क्षेत्रिय सभापति धिरेन्द्र कुमार निधिको सभापतिमा तथा मधेश प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री राम सरोज यादवको प्रमुख आतिथ्यमा आजको विस्तारित बैठक समपन्न भएको हो ।
Discussion about this post