जनकपुरधाम, फागुन १८ गते
नेकपा एमालेको प्रथम नगर अधिवेशन समपन्न भएको छ । आज नेकपा एमालेको भएको प्रथम नगर अधिवेशनबाट सुरेन्द्र कुमार भण्डारीलाई अध्यक्षमा चयण गरेको हो । आज सर्वसम्मतीबाट जनकपुरधामको नगर समितिको अध्यक्ष भण्डारीलाई चयण गरेका हुन । जनकपुरधाममा आयोजित एमालेको नगरकमिटि अधिवेशनले भण्डारीको नेतृत्वमा समिति गठन गरेको हो । कमिटिको उपाध्यक्षमा संन्तोष कुमार महतो, सचिवमा राजु साह र उपसचिवद्वयमा रुका मिश्रा र दिपनारायण कुमार साह सर्वसम्मतीबाट चयण भएका छन् । पोलिटब्युरो सदस्य नेतृ जुली महतो, धनुषा इन्चार्ज रामचन्द्र मण्डल, प्रदेश सांसद किशोरी साह कमल, सचिव तेजनारायण यादव, वरिष्ठ नेता गंगाराम यादव, शिव शंकर साह (हिरा) लगायतको उपस्थिति रहेको थियो । अध्यक्ष भण्डारी जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व उपाध्यक्ष, गणेश युवा कमिटीका पुर्व अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध छन् ।
Discussion about this post